Trending
Prev Story
Next Story

त्रिवि शिक्षण अस्पतालमा विस्तारित सेवामार्फत अब तीन दिनभित्रै शल्यक्रिया

Onlinekhabar •
November 18, 2026 • 01:01 PM
2
2 reads 0 reactions

२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले विस्तारित स्वास्थ्य सेवा (ईएचएस) विस्तार गरेको छ ।  अस्पतालले सोमबारदेखि शुक्रबारसम्म हरेक दिन अपराह्न ४ बजेदेखि यो सेवा सञ्चालन गर्दै आएको छ । यस सेवामार्फत बिरामीले …

त्रिवि शिक्षण अस्पतालमा विस्तारित सेवामार्फत अब तीन दिनभित्रै शल्यक्रिया

२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले विस्तारित स्वास्थ्य सेवा (ईएचएस) विस्तार गरेको छ ।  अस्पतालले सोमबारदेखि शुक्रबारसम्म हरेक दिन अपराह्न ४ बजेदेखि यो सेवा सञ्चालन गर्दै आएको छ ।

यस सेवामार्फत बिरामीले वरिष्ठ विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य परीक्षण तथा परामर्श लिनुका साथै आवश्यक प्रयोगशाला परीक्षण, रेडियोलोजिकल जाँच र शल्यक्रियासमेत गराउन सक्नेछन् ।

अस्पतालका सहायक सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार विस्तारित स्वास्थ्य सेवा छुट्टै भवनबाट सञ्चालन भइरहेको छ । बिरामीको दर्ता, टिकट, बिलिङ तथा प्रयोगशाला र रेडियोलोजिकल परीक्षणका लागि छुट्टाछुट्टै काउन्टरको व्यवस्था गरिएको छ ।

यसले सेवा प्रवाहलाई व्यवस्थित बनाउनुका साथै बिरामीको प्रतीक्षा समय घटाउन सहयोग पुग्ने अस्पतालको अपेक्षा छ ।

यो सेवाको एउटा महत्त्वपूर्ण पक्ष शल्यक्रिया पनि हो । चिकित्सकीय रूपमा शल्यक्रियाका लागि उपयुक्त ठहरिएका र शल्यक्रियापूर्व गरिने एनेस्थेसिया परीक्षण (पीएसी) पूरा गरेका बिरामीको तीन कार्यदिनभित्र शल्यक्रिया गर्न सकिने व्यवस्था गरिएको रोस्याराले जानकारी दिए ।

यस्तो शल्यक्रिया वरिष्ठ विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा हुनेछ ।

नियमित कार्यालय समयमा अस्पताल आउन नसक्ने कर्मचारी, व्यवसायी तथा अन्य पेसाकर्मीलाई यो सेवाले विशेष सुविधा पुग्ने अस्पतालको विश्वास छ ।

बिरामीले छुट्टै सेवा प्रणालीमार्फत विशेषज्ञ चिकित्सकको परामर्श र आवश्यक स्वास्थ्य परीक्षणसमेत सहज रूपमा गराउन सक्नेछन् ।

हाल आइतबारबाहेक सातामा पाँच दिन सञ्चालन भइरहेको यो सेवा आगामी दिनमा आइतबारसमेत विस्तार गर्ने अस्पतालको तयारी छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
शैक्षिक गुणस्तर र प्रशासनिक सेवालाई चुस्त बनाउँदै त्रिवि

शैक्षिक गुणस्तर र प्रशासनिक सेवालाई चुस्त बनाउँदै त्रिवि

शैक्षिक गुणस्तर उकास्न र प्रशासनिक सेवालाई चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको नीतिलाई थप विस्तार गर्ने भएको छ।

#त्रिभुवन-विश्वविद्यालय #त्रिवि
Compare →
Hamro Patro News
1d ago
अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन माग गरेको छ । त्र...

#त्रिभुवन-विश्वविद्यालय #त्रिवि
Compare →
Ekantipur
3d ago
दशकदेखि ट्रमा सेन्टरको पर्खाइमा धौलागिरि अस्पताल

दशकदेखि ट्रमा सेन्टरको पर्खाइमा धौलागिरि अस्पताल

२०७२ सालमा घोषणा गरिएको ट्रमा सेन्टर भवन, दरबन्दी र पूर्वाधार अभावका कारण अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

#अस्पताल
Compare →
Bizshala
5d ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#अस्पताल
Compare →

Related Stories

Health & Wellness
Build #2612