Trending
Prev Story
Next Story

कमिल मिशाराले बनाए शतक

Onlinekhabar •
November 18, 2026 • 01:01 PM
2
2 reads 0 reactions 4 comments

काठमाडौं । चितवन राइनोजका ओपनर कमिल मिशाराले नेपाल प्रिमियर लिग एनपीएलको एलिमिनेटर खेलमा काठमान्डु गोर्खाजविरुद्ध शतक प्रहार गरेका छन् । टीयू मैदानमा भइरहेको खेलमा उनले ५३ बल खेल्दै ४ चौका र ८ छक्का मद्दतमा १०० रन …

कमिल मिशाराले बनाए शतक

काठमाडौं । चितवन राइनोजका ओपनर कमिल मिशाराले नेपाल प्रिमियर लिग एनपीएलको एलिमिनेटर खेलमा काठमान्डु गोर्खाजविरुद्ध शतक प्रहार गरेका छन् ।

टीयू मैदानमा भइरहेको खेलमा उनले ५३ बल खेल्दै ४ चौका र ८ छक्का मद्दतमा १०० रन पूरा गरेका हुन् ।

यस एनपीएलमा पहिलो शतक प्रहार गरेका उनले आफ्नो टी२० करियरमा तेस्रो शतक प्रहार गरेका हुन् । उनले श्रीलंकाको डोमेस्टिक टी२० क्रिकेटमा पनि दुई शतक प्रहार गरेका छन् । टी२० अन्तर्राष्ट्रियमा भने उनको उच्च स्कोर ७६ हो ।

एनपीएलको तेस्रो संस्करणमा शतक बनाउने उनी दोस्रो खेलाडी हुन् । यसअघि पोखरा एभेन्जर्सका युवराज सम्राले कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका थिए ।

एनपीएलमा यो पाँचौ शतक हो । यसअघि पहिलो सिजनमा एक र दोस्रो सिजनमा दुई शतक प्रहार भएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
एनपिएल : मिशाराको शतकमा चितवनले काठमान्डुलाई दियो २०५ रनको लक्ष्य

एनपिएल : मिशाराको शतकमा चितवनले काठमान्डुलाई दियो २०५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत एलिमिनेटर खेलमा चितवन राइनोजले काठमान्डु गोर्खाजसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #मिशारा
Compare →
Hamro Patro News
1d ago
अर्धशतक बनाएसँगै आउट भए दीपेन्द्रसिंह ऐरी

अर्धशतक बनाएसँगै आउट भए दीपेन्द्रसिंह ऐरी

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएर आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तेस्रो संस्करण...

#एनपीएल #प्रिमियर-लिग #बनाए
Compare →
Arthasansar
2h ago
एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
3h ago
इलिमिनेटरमा काठमान्डु र चितवन भिड्दै

इलिमिनेटरमा काठमान्डु र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाउने हुनेछ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612