Trending
Prev Story
Next Story

शारदाका तीन गाउामा खानेपानी पुग्यो, घरघरमै धारा, तीन घण्टा पानी बोक्ने बाध्यता हट्यो

Ekantipur •
November 20, 2026 • 04:32 AM
4
4 reads 0 reactions

पानी भर्न पालो मिलाउनुपर्ने र घरको आवश्यकता पूरा गर्न राति पनि कुर्नुपर्ने बाध्यता हटेको छ । विशेषगरी महिला, बालबालिका वृद्धवृद्धा र गर्भवती महिलाका लागि घरमै खानेपानी पुग्नु ठूलो राहत बनेको छ ।

शारदाका तीन गाउामा खानेपानी पुग्यो, घरघरमै धारा, तीन घण्टा पानी बोक्ने बाध्यता हट्यो

पानी भर्न पालो मिलाउनुपर्ने र घरको आवश्यकता पूरा गर्न राति पनि कुर्नुपर्ने बाध्यता हटेको छ । विशेषगरी महिला, बालबालिका वृद्धवृद्धा र गर्भवती महिलाका लागि घरमै खानेपानी पुग्नु ठूलो राहत बनेको छ ।

सल्यान — सल्यानको शारदा नगरपालिका ९ नयाँ बस्तीकी ७५ वर्षीया हर्की थापाको दिनको ठूलो हिस्सा पानीको जोहोमै बित्थ्यो । घरको काम छाडेर पानी लिन जानुपर्ने, मुहानमा पालो कुर्नुपर्ने र घण्टौं पानी बोकेर फर्किनुपर्ने बाध्यता थियो ।  दैनिक तीन घण्टासम्म पानीकै लागि खर्चिनुपर्दा अरू काम गर्न समय निकाल्न मुस्किल हुन्थ्यो । अहिले घरमै धारा पुगेपछि उनको दैनिकी फेरिएको छ ।

वडा नम्बर ९ सानिगारेकी ३० वर्षीया भीम पुनका लागि पनि पानीको जोहो दैनिक चुनौती थियो ।  पानी लिन भिरको बाटो जानुपर्ने, लामो समय पालो कुर्नुपर्ने र तीन घण्टासम्म पानी बोक्नमै बिताउनुपर्ने अवस्था थियो । पानीकै कारण सरसफाइदेखि घरका अन्य कामम समेत समस्या हुने गरेको उनले सुनाइन् । गर्भवती महिलालाई पानी बोक्न झनै कठिन हुने गरेको उनको अनुभव छ ।

‘पहिले तीन घण्टा पानी बोक्नमै बित्थ्यो । पानी लिन भिरको बाटो जानुपर्थ्यो, पालो कुर्नुपर्थ्यो,’ पुनले भनिन्, ‘अहिले घरमै पानी आउँछ । सरसफाइदेखि सबै काम गर्न सहज भएको छ ।’

स्थानीय ४६ वर्षीया सीताकुमारी गिरीका अनुसार पानीको जोहो गर्न रातभर जाग्राम बस्नुपर्ने अवस्थासमेत थियो । पानी भर्न पालो मिलाउनुपर्ने र घरको आवश्यकता पूरा गर्न राति पनि कुर्नुपर्ने बाध्यता हटेको छ । विशेषगरी महिला, बालबालिका वृद्धवृद्धा र गर्भवती महिलाका लागि घरमै खानेपानी पुग्नु ठूलो राहत बनेको छ ।

‘पहिले पानी बोक्नमै दिन बित्थ्यो । घरको काम छाडेर पानी लिन जानुपर्थ्यो । छोराछोरीको पढाई छुटथ्यो, पालो कुर्दाकुर्दै घण्टौं लाग्थ्यो,’ थापाले भनिन्, ‘अहिले घरमै पानी आएको छ । धेरै सजिलो भएको छ ।’

शारदा नगरपालिका ९ नयाँ बस्ती, सानिगारे र धिरुवाका ६४ घरपरिवारले वर्षौंदेखि भोग्दै आएको खानेपानीको समस्या लिफ्ट खानेपानी आयोजनाबाट समाधान भएको छ । पानी लिन भिरालो बाटो हिँड्नुपर्ने, मुहानमा पालो कुर्नुपर्ने र घरायसी काम प्रभावित हुने बाध्यता हटेपछि स्थानीय खुसी छन् । पानीको अभावले दैनिक जीवनमा परेको असर महिलाहरूले बढी भोग्दै आएका खानेपानी उपभोक्ता समितिका अध्यक्ष तजमल थापाले बताए ।

उनका अनुसार लामो प्रयासपछि अहिले घरघरमा खानेपानी पुगेको बताए । उनका अनुसार जसले स्थानीय नागरिकको दैनिकीमा सहज ल्याएको छ ।

तीन गाउँमा खानेपानी पुर्‍याउन करिब ४ हजार २ सय मिटर दूरीबाट पानी लिफ्ट गरिएको उपभोक्ता समितिका सचिव चेतन गिरीले जानकारी दिए । उनका अनुसार संघ सरकारको करिब सवा दुई करोड बजेटमा निर्माण गरिएको लिफ्ट खानेपानी आयोजनाको उद्घाटनसँगै ६४ घरपरिवारले घरमै खानेपानी पाएका हुन् । खानेपानी पुर्‍याउन स्थानीयले ४० दिन जनश्रमदान गरेको उनले बताए ।

वर्षौंदेखि पानीको जोहोमै समय र श्रम खर्चिएका स्थानीयका लागि घरघरमा खानेपानी पुग्नु सुविधा थपिएको मात्र होइन, दैनिकी सहज बनाउने परिवर्तन भएको उनले बताए ।

पानी बोक्नमा खर्च हुने समय बचत भएपछि घरायसी काम, सरसफाइ र अन्य गतिविधिमा सहजता आउने स्थानीयको अपेक्षा छ । घरघरमा खानेपानी पुगेपछि भव्य उद्धघाटन पनि गरिएको छ ।

सरिता चलाउने कान्तिपुरकी सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना

विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना

म्याग्दीको सदरमुकाम बेनीमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था गर्न तीन वर्षअघि निर्माण गरिएको संरचना अझै सञ्चालनमा आउन सकेको छैन । मुख्य खानेपानीको मुहान र पाइपलाइनमा समस्या हुँदा प्रयोग गर्ने उ...

#खानेपानी #पानी
Compare →
Onlinekhabar
4d ago
डेढ महिनापछि बेनी बजारमा खानेपानी आपूर्ति सुरु

डेढ महिनापछि बेनी बजारमा खानेपानी आपूर्ति सुरु

३० कात्तिक, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा डाँडाखर्कको मुहानबाट डेढ महिनापछि खानेपानी आपूर्ति हुन थालेको छ । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ रिठाखर्क र डाँडाखर्कको मुहानबाट बेनी बजारमा अस्थायी पाइप लाइन बनाएर …

#खानेपानी #पानी
Compare →
Nagarik News
4d ago
बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

म्याग्दीको सदरमुकाम बेनीबजारमा डाँडाखर्कको मुहानबाट डेढ महिनापछि खानेपानी आपूर्ति हुन थालेको छ।

#खानेपानी #पानी
Compare →

Related Stories

World News
Build #2612