Trending
Prev Story
Next Story

अर्थतन्त्र उकास्न सरकारले केही सातामै ‘अन्तरिम आर्थिक उपाय’ अगाडि बढाउने

Ekantipur •
November 20, 2026 • 09:32 AM
10
10 reads 0 reactions

कान्तिपुरले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व, सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा बोल्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारको प्याकेज अगाडि बढाएको बताए ।

अर्थतन्त्र उकास्न सरकारले केही सातामै ‘अन्तरिम आर्थिक उपाय’ अगाडि बढाउने

कान्तिपुरले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व, सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा बोल्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारको प्याकेज अगाडि बढाएको बताए ।

काठमाडौँ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले केही सातामै अन्तरिम आर्थिक उपाय (इन्टरिम इकोनोमिक मेजर्ड) को घोषणा गर्ने तयारी गरिरहेको बताएका छन् ।

कान्तिपुरले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व, सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रमा केही समयको लागि मात्रै उत्साह सृजना गर्नु सरकारको योजना नभएको लगानी र उद्यमशीलतालाई निरूत्साहित गर्दै आएका संरचनात्मक समस्याको समाधान गर्नु रहेको बताएका छन् ।

उनले भने,‘अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म हामी निजी क्षेत्रसँग निरन्तर संवाद गरिरहेका छौं । यही संवादको आधारमा अर्को आर्थिक सुधारको प्याकेज अगाडि बढाएका छौं । अबको केही सातामै हामी अन्तरिम आर्थिक उपाय (इन्टरिम इकोनोमीक मेजर्ड) अगाडि बढाउँदैछौं ।’

भोटेकोशीमा गएको बाढीको कारण यस्तो प्याकेज घोषणा गर्न केही समय लागेको उनको भनाइ छ । यसको उद्देश्य आर्थिक गतिविधिमा तत्काल सहजता ल्यउनुका साथै, लगानी, उत्पादन र व्यवसायिक वातावरणमा रहेको अवरोध घटाउनु रहेको उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
प्रधानमन्त्री बालेनले थाहा पाउनुपर्ने भारतसँगको संघर्ष र सम्झौताका यी इतिहास

प्रधानमन्त्री बालेनले थाहा पाउनुपर्ने भारतसँगको संघर्ष र सम्झौताका यी इतिहास

प्रधानमन्त्रीको भारत भ्रमण– ६ केही साताअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले नयाँदिल्लीमा घोषणा गरे— नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो! त्यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले पनि रास्वपा नेतृत...

#अर्थमन्त्री #केही
Compare →
Nagarik News
1d ago
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि कायम हुने बताएका छन् ।

#अर्थमन्त्री #वाग्ले
Compare →
Onlinekhabar
1d ago
चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

४ मंसिर, विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि आउने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले ग्रहण गरेको …

#अर्थमन्त्री #वाग्ले
Compare →
Bizshala
3d ago
ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न विश्व बैंकसँग सहकार्य बढाइने

ऊर्जामा आधारित अर्थतन्त्र निर्माण गर्न विश्व बैंकसँग सहकार्य बढाइने

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि...

#अर्थतन्त्र
Compare →

Related Stories

Business & Economy
Build #2612