Trending
Prev Story
Next Story

आफूले पढाएको विद्यालयमा आमाको नाममा अक्षय कोष स्थापना

Ekantipur •
November 20, 2026 • 09:32 AM
4
4 reads 0 reactions

सात वर्ष अध्यापनपछि निजामती सेवामा प्रवेश गरेका आठराईत्रिबेणीमा जन्मेका पोषण निरौलाले गाउँको विद्यालयमा आमाको नाममा अक्षयकोष बनाएका हुन् ।

आफूले पढाएको विद्यालयमा आमाको नाममा अक्षय कोष स्थापना

सात वर्ष अध्यापनपछि निजामती सेवामा प्रवेश गरेका आठराईत्रिबेणीमा जन्मेका पोषण निरौलाले गाउँको विद्यालयमा आमाको नाममा अक्षयकोष बनाएका हुन् ।

ताप्लेजुङ — आठराईत्रिबेणी गाउँपालिका-२ फूलबारीमा जन्मेर भक्तपुर नगरपालिका-३ मध्यपुर ठिमी बसोबास गर्दै आएका पोषण निरौलाले आफूले पढाएको विद्यालयमा आमाको नाममा अक्षयकोष स्थापना गरेका छन् ।

पूर्वशिक्षक निराैलाले २ लाख ५० हजार रुपैयाँ राशीको हरिमाया निरौला स्मृति कोष स्थापना गरेको विद्यालयले जनाएको छ । उनले २०३७ देखि २०४२ सालसम्म बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा अध्यापन गराएका थिए ।

७ वर्षको अध्यापनपछि निरौला निजामति सेवामा प्रवेश गरे । शैक्षिक तालिम केन्द्रलगायतका निकायमा काम गरेका उनले आफ्नी स्वर्गीय आमालाई चिरस्थायी बनाउन आफूले पहिलो सेवा गरेको विद्यालयलाई सम्झिएको बताएका छन् । प्रधानाध्यापक युवराज बस्नेतका अनुसार उक्त रकमको ब्याजबाट हरेकवर्ष उत्कृष्ट छात्रछात्रालाई छात्रवृत्ति दिइने छ । ‘उहाँको चाहना पनि त्यही हो र हाम्रो उद्देश्य पनि बालबालिकाको शिक्षामा योगदान पुगोस् भन्ने हो,’ बस्नेतले भने, ‘पहिला निवृत्त भएका व्यक्तिहरूले विद्यालयलाई सम्झिरहनु भएको छ ।’

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
प्रधानमन्त्रीको भारत भ्रमण टोलीबाट अन्तिम समयमा हटाइयो ऊर्जामन्त्रीको नाम

प्रधानमन्त्रीको भारत भ्रमण टोलीबाट अन्तिम समयमा हटाइयो ऊर्जामन्त्रीको नाम

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डलबाट ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको नाम अन्तिम समयमा हटाइएको छ । भ्रमणको तयारी भइरहेका बेला बुधबार परर...

#नाम
Compare →
Bizshala
1d ago
वैदेशिक रोजगारीको नाममा डेढ लाख नेपाली महिला हिंसा र बेचबिखनको जोखिममा, मानव तस्करी रोक्ने संस्थाकै भूमिकामाथि प्रश्न

वैदेशिक रोजगारीको नाममा डेढ लाख नेपाली महिला हिंसा र बेचबिखनको जोखिममा, मानव तस्करी रोक्ने संस्थाकै भूमिकामाथि प्रश्न

काठमाण्डौ । वैदेशिक रोजगारीको नाममा विदेश पुगेका करिब एक लाख ५० हजार नेपाली महिला विभिन्न प्रकारका हिंसा तथा शोषणमा...

#नाम
Compare →
Onlinekhabar
2d ago
नेपाली प्रतिभालाई विश्व बजारसँग जोड्न ग्लोबल क्रिएटिभ फाउन्डेसन स्थापना

नेपाली प्रतिभालाई विश्व बजारसँग जोड्न ग्लोबल क्रिएटिभ फाउन्डेसन स्थापना

२ मंसिर, काठमाडौं । उदाउँदा तथा अवसरबाट वञ्चित मुलुकका सिर्जनशील प्रतिभालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले ग्लोबल क्रिएटिभ फाउन्डेसन (जीसीएफ) स्थापना गरिएको छ। फाउन्डेसनले आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय अभियान सुरु गरेको हो। भौगोलिक अवस्था, आर्थिक …

#स्थापना
Compare →
Nagarik News
2d ago
४३ वर्षको उमेरमा तेस्रो सन्तानकी आमा बनिन् एनी

४३ वर्षको उमेरमा तेस्रो सन्तानकी आमा बनिन् एनी

हलिउड अभिनेत्री तथा अस्कर विजेता एनी ह्याथवे ४३ वर्षको उमेरमा पुनः आमा बनेकी छन्।

#आमा
Compare →

Related Stories

Education & Youth
Build #2612