१–१ को बराबरीमा सकिएको खेलमा केनसँगै फ्रान्सेली विङ्गर माइकल ओलिस पनि चोटका कारण मैदानबाट बाहिरिए।
काठमाडौँ — बायर्न म्युनिकका स्ट्राइकर ह्यारी केन गोली गाँठोको चोटका कारण केही महिना मैदान बाहिर रहने भएका हुन् । जर्मन बुंडेसलिगामा कोलोनविरुद्ध शुक्रबारको खेलमा उनी घाइते भएका हुन् । खेलको सुरुमै उनलाई सब्टिच्युट गरिएको थियो ।
खेलपछि बायर्नले आफ्ना इंग्लिस कप्तान केही महिना मैदान बाहिर रहेको बताएको हो । खेल आफै भने १–१ को बराबरीमा टुंगेको थियो । क्लबका निर्देशक म्याक एबेरेका अनुसार केनको चोटमा शल्यक्रिया आवश्यक छ अथवा छैन् भनेर पछि निर्णय हुनेछ ।
एलिनाज एरेनामा भएको खेलमा माइकी मोरले कोलोनलाई अग्रता दिलाएयता नथालिया ब्रोनले बायर्नका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा बायर्नका फ्रान्सेली विन्गर माइकल ओलिस पनि चोटग्रस्त हुँदै मैदान छाड्न बाध्य रहे ।