Trending
Prev Story
Next Story

स्पेनमा आप्रवासीको लहर, क्यानरी टापूहरुमा दुई दिनमै २२ सय आप्रवासी आइपुगे‍

Ekantipur •
November 16, 2026 • 07:02 AM
4
4 reads 0 reactions

पछिल्ला साताहरुमा अफ्रिकाबाट आगमन बढेपछि स्पेनले मंगलबार यस टापुमा आप्रवासन संकट घोषणा गरेको छ

स्पेनमा आप्रवासीको लहर, क्यानरी टापूहरुमा दुई दिनमै २२ सय आप्रवासी आइपुगे‍

पछिल्ला साताहरुमा अफ्रिकाबाट आगमन बढेपछि स्पेनले मंगलबार यस टापुमा आप्रवासन संकट घोषणा गरेको छ

म्याड्रिड — स्पेनको क्यानरी टापुहरुमा गएका दुई दिनमा डुङ्गामार्फत करिब २,२०० आप्रवासीहरू पुगेका छन्। स्पेनको समुद्री उद्धार सेवाले आइतबार यो जानकारी दिएको हो।

उत्तरपश्चिम अफ्रिका नजिकै रहेको यो टापु समूह मुख्यतया पश्चिम अफ्रिकाबाट जोखिमपूर्ण एट्लान्टिक सागर पार गरी अस्थायी डुङ्गामार्फत आउने आप्रवासीहरूको प्रमुख प्रवेशद्वार हो। गृह मन्त्रालयका अनुसार जनवरीदेखि अक्टोबरको अन्त्यसम्ममा समुद्रमार्फत स्पेन आइपुगेका २८,००० भन्दा बढी मानिसहरूमध्ये १३,००० भन्दा बढी क्यानरी टापुहरूमा मात्रै पुगेका थिए।

पछिल्ला साताहरुमा अफ्रिकाबाट आगमन बढेपछि स्पेनले मंगलबार यस टापुमा आप्रवासन सङ्कटको घोषणा गरेको छ। यसैबीच, देशमा दुई साताभित्रै प्रारम्भिक आमनिर्वाचन हुने तय भएको छ।

उद्धार सेवाका अनुसार उनीहरूले १४ वटा डुंगामा सवार १,३२४ जनालाई सहयोग गरेका छन्। तीमध्ये अधिकांश आप्रवासी एल हिएरो टापुमा पुगेका थिए।

टिनिफरस्थित रेडक्रसका आपतकालीन संयोजक डासिल लिओनले सार्वजनिक प्रसारण संस्था आरटिभीईलाई बताएअनुसार रेडक्रसका कर्मचारीहरूले बन्दरगाहमा आप्रवासीहरूलाई भेटेर सुक्खा लुगा, खाना र पानी उपलब्ध गराउनुका साथै उनीहरूको आगमन दर्ता गरिरहेका छन्।

पश्चिम अफ्रिकाबाट एट्लान्टिक सागर हुँदै ठूलो संख्यामा आप्रवासीहरु क्यानरी टापुहरुमा आउने गर्छन् । यो मार्ग विश्वकै खतरनाक मार्गमध्ये एक मानिन्छ ।

यी टापुहरू अफ्रिकी तटबाट करिब १०५ किलोमिटर टाढा छन् । धेरै आप्रवासीहरू सुरक्षाकर्मीहरूबाट बच्न यो खतरनाक मार्ग प्रयोग गर्छन्। यसक्रममा डुंगाहरु हप्ता दिन वा त्यसभन्दा पनि लामो समय समुद्रमा यात्रा गर्छन् ।

केही मार्गहरु भने छोटो दूरीका छन् । मोरक्कोबाट स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा यस्तै छोटो मार्गमध्ये एक हो । यहाँ गत जुलाई महिनामा दुई दिनको अवधिमै दशौं हजार मानिस जोखिम मोलेर आएका थिए ।

त्यस यात्राका क्रममा झन्डै १ सय ४० जनाको मृत्यु भएको थियो । उनीहरुको आवागमनले सिउटा टापूमा अस्थिरता र संकट निम्तिएको थियो । त्यसपछि ठूलो संख्यामा मानिसहरु फेरि मोरक्को फर्किए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
2h ago
विश्व विजेता स्पेनमाथि इंग्ल्यान्डकाे जित

विश्व विजेता स्पेनमाथि इंग्ल्यान्डकाे जित

दश खेलाडीमा सीमित बनेको इंग्ल्यान्डले स्पेनलाई उसकै घरेलु मैदानमा ३–२ गोलले पराजित गरेको छ। जितसँगै इंग्ल्यान्डले यूईएफए नेसन्स लिगको समूह...

#स्पेन
Compare →
Onlinekhabar
4h ago
विश्वविजेता स्पेन इंग्ल्यान्डसँग पराजित, ४३ खेलको अपराजित यात्रा टुङ्गियो

विश्वविजेता स्पेन इंग्ल्यान्डसँग पराजित, ४३ खेलको अपराजित यात्रा टुङ्गियो

३० कात्तिक, काठमाडौं । विश्व विजेता स्पेन युइएफए नेसन्स लिग अन्तर्गत आइतबार राती भएको खेलमा इंग्लयान्ड्सँग ३-२ ले पराजित भएको छ । घरेलु मैदानमै बेहोरेको यो हारपछि स्पेनको लगातार ४३ खेलमा अपराजित यात्रामा पनि ब्रेक लागेको …

#स्पेन
Compare →
Hamro Patro News
6h ago
स्पेनलाई हराउँदै इंग्ल्यान्ड नेसन्स लिगको समूह विजेता

स्पेनलाई हराउँदै इंग्ल्यान्ड नेसन्स लिगको समूह विजेता

यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए समूह ३ को खेलमा इंग्ल्यान्डले विश्वकप विजेता स्पेनलाई ३–२ गोलले पराजित गरेको छ । आइतबार राति स्पेनको मड्रिडस्थित रियाद एयर मेट्रोपोलिटानोमा भएको खेलमा इंग्ल्यान्डले...

#स्पेन
Compare →
Nagarik News
7h ago
इङ्ल्यान्डसँग हार्‍यो स्पेन, टुट्यो ४३ खेलको अपराजित यात्रा

इङ्ल्यान्डसँग हार्‍यो स्पेन, टुट्यो ४३ खेलको अपराजित यात्रा

अन्तिम समयमा स्पेनले लगातार दबाब बनाए पनि इङ्ल्यान्डका गोलकिपर जेम्स ट्राफोर्डले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जित जोगाए।

#स्पेन
Compare →
Bizshala
3d ago
महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

काठमाण्डौ । घरभाडा, आवासको मूल्य र जीवनयापनको खर्च बढ्दै गएपछि स्पेनमा बुधबार देशव्यापी आमहडताल तथा प्रदर्शन भएको छ।...

#स्पेन
Compare →

Related Stories

Technology
Build #2612