काठमाडौँ । काठमान्डु गुर्खाजले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी लायन्सको ब्याटिङ पावरप्लेमै नराम्रोसँग धर्मराएको छ। काठमान्डुका बलरहरूको घातक बलिङसामु लुम्बिनीले सुरुवाती ६ ओभरमै ६ विकेट गुमाएर मात्र ३४ रन जोड्न सकेको छ।
काठमान्डुका लागि तीव्र गतिका बलर जहाँदाद खान र करण केसीले उत्कृष्ट बलिङ गरे। जहाँदाद खानले मात्र २ ओभर बलिङ गर्दै शीर्ष क्रमका महत्त्वपूर्ण ४ विकेट लिएर लुम्बिनीलाई सुरुवातमै ठूलो दबाबमा पारे। यस्तै, करण केसीले पनि कसिलो बलिङ गर्दै २ विकेट आफ्नो नाममा गरे।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )