Trending
Prev Story
Next Story

गुडविल फाइनान्सको नाफा ६९ प्रतिशत बढ्यो, ईपीएस २६.७० रुपैयाँ

Bizshala •
November 01, 2026 • 11:33 AM
1
1 reads 0 reactions

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको...

गुडविल फाइनान्सको नाफा ६९ प्रतिशत बढ्यो, ईपीएस २६.७० रुपैयाँ

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा ३ करोड ७३ लाख रुपैयाँ थियो । यस आधारमा नाफा करिब ६९ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी १ करोड ३६ लाख रुपैयाँ रहेको छ । सञ्चालन नाफा ८ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्सको निक्षेप १२ अर्ब ९७ करोड रुपैयाँ र कर्जा तथा सापटी ८ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा अनुपात भने ७.७७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६.३३ प्रतिशत थियो ।

कम्पनीको चुक्तापूँजी ९४ करोड ६१ लाख रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी वार्षिकीकरण गर्दा २६.७० रुपैयाँ, प्रतिशेयर नेटवर्थ २१७.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.९७ गुणा रहेको छ ।

फाइनान्सको पूँजी पर्याप्तता अनुपात १४.७४ प्रतिशत, कर्जा–निक्षेप अनुपात ७३.२२ प्रतिशत र आधारदर ६.३४ प्रतिशत रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1w ago
फाइनान्स कम्पनी - ३ करोड ६९ लाख नाफा, खुद ब्याज आम्दानीमा समेत सुधार

फाइनान्स कम्पनी - ३ करोड ६९ लाख नाफा, खुद ब्याज आम्दानीमा समेत सुधार

नेपालका फाइनान्स कम्पनीहरु नाफा कमाउने थालेका छन् ।आर्थिक वर्ष २०८२/८३ पहिलो तीन महिनामा ३१ करोड २३ लाख रुपैयाँ खुद नोक्सानी...

#नाफा #फाइनान्स #खुद
Compare →
Nagarik News
1w ago
वाणिज्य बैंकको नाफा ४५.६ प्रतिशतले बढ्यो, तीन महिनामै कमाए १९ अर्बभन्दा बढी

वाणिज्य बैंकको नाफा ४५.६ प्रतिशतले बढ्यो, तीन महिनामै कमाए १९ अर्बभन्दा बढी

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा ४५.६ प्रतिशतले बढेको छ।

#नाफा #खुद
Compare →
Onlinekhabar
1w ago
खराब कर्जा बढ्दा पनि बैंकहरूको नाफा १९ अर्ब, ‘प्रोभिजनिङ’ घट्यो साढे २ गुणा

खराब कर्जा बढ्दा पनि बैंकहरूको नाफा १९ अर्ब, ‘प्रोभिजनिङ’ घट्यो साढे २ गुणा

१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष बैंकहरूको खुद नाफा ४५ प्रतिशत बढेको छ । धेरै नयाँ कर्जा प्रवाह नभएको र पुरानो कर्जा पनि असुली भएपछि खुद नाफा बढेको हो । नेपाल राष्ट्र बैंकले बैंकहरूको नाफा …

#नाफा #खुद
Compare →
Hamro Patro News
1w ago
वाणिज्य बैंकहरूको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि

वाणिज्य बैंकहरूको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूले १९ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज म...

#नाफा #खुद
Compare →
Ekantipur
1w ago
नाफा सुरक्षित गर्दै लगानीकर्ता, एक वर्षकै उचाइ छोएर घट्यो बैंकिङ समूह

नाफा सुरक्षित गर्दै लगानीकर्ता, एक वर्षकै उचाइ छोएर घट्यो बैंकिङ समूह

३ कारोबार दिनदेखि २७०० विन्दु परीक्षण गरिरहेको नेप्से शुक्रबार २७१३ सम्म पुगे पनि त्यहाँ टिक्न नसकेपछि नाफा सुरक्षित गर्ने क्रम बढेको छ ।

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2611