Trending
Prev Story
Next Story

१० वर्षसम्म पुल नबनाएपछि ठेक्का तोडियो, रौतहटका तीन अलपत्र आयोजना अब नयाँ प्रक्रियाबाट

Bizshala •
November 01, 2026 • 11:33 AM
1
1 reads 0 reactions

काठमाण्डौ । लामो समयदेखि अलपत्र परेका रौतहटका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता अन्त्य गरिएको छ।पटक–पटक म्याद...

१० वर्षसम्म पुल नबनाएपछि ठेक्का तोडियो, रौतहटका तीन अलपत्र आयोजना अब नयाँ प्रक्रियाबाट

काठमाण्डौ । लामो समयदेखि अलपत्र परेका रौतहटका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता अन्त्य गरिएको छ।

पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल तथा महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडिएको हो।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार यी आयोजनाको बाँकी काम अब नयाँ प्रक्रियाबाट अघि बढाइनेछ।

लमाहा खोला पुल र लौकाहा खोला पुल निर्माणका लागि २०७३ चैत २१ गते पप्पु/शिवशंकर जेभी, गरुडा रौतहटसँग सम्झौता गरिएको थियो। सम्झौताअनुसार दुवै पुल आर्थिक वर्ष २०७५/७६ भित्र सम्पन्न हुनुपर्ने थियो।

तर निर्माण पूरा हुन नसकेपछि पटक–पटक म्याद थप्दै अन्तिम समयसीमा २०८० असार ३० गतेसम्म पुर्‍याइएको थियो। थपिएको समयभित्र पनि काम सम्पन्न नभएपछि अन्ततः ठेक्का सम्झौता अन्त्य गरिएको हो।

दुवै पुल करिब १० वर्षदेखि अलपत्र रहँदा स्थानीयले आवागमनमा निरन्तर सास्ती व्यहोर्दै आएका छन्।

यस्तै महेन्द्र राजमार्गअन्तर्गत धनसार–बागमती खण्डको सडक स्तरोन्नति तथा पुनर्स्थापना आयोजनाको ठेक्कासमेत रद्द गरिएको छ। गत आर्थिक वर्षभित्रै सम्पन्न हुनुपर्ने उक्त आयोजनामा भौतिक प्रगति शून्य देखिएपछि ठेक्का अन्त्य गर्ने निर्णय गरिएको हो।

सडक डिभिजन चन्द्रनिगाहपुरले पनि तीनवटै ठेक्का सम्झौता अन्त्य गरिएको सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ।

सरकारले रुग्ण अवस्थामा रहेका पूर्वाधार आयोजनालाई लामो समयसम्म ठेक्कामा अड्काएर राख्ने प्रवृत्ति अन्त्य गर्ने नीति लिएको मन्त्री लम्सालले बताएका छन्।

उनका अनुसार निर्माण सम्पन्न गर्ने आधार देखिएका आयोजनालाई अन्तिम मौका दिइनेछ। त्यसपछि पनि काम अघि नबढे ठेक्का तोडेर बाँकी काम नयाँ प्रक्रियाबाट सम्पन्न गरिनेछ।

लामो समयदेखि अलपत्र आयोजनाका कारण नागरिकले भोग्दै आएको सास्ती कम गर्न र पूर्वाधार निर्माणलाई गति दिन ठेक्का व्यवस्थापनमा कडाइ गरिएको मन्त्रालयको भनाइ छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
गण्डीगाडमा पुल निर्माण कार्य अलपत्र

गण्डीगाडमा पुल निर्माण कार्य अलपत्र

अछाम – सम्झौता भएको १६ महिना बितिसक्दा पनि अछाम र डोटी जिल्लाको सिमानामा रहेको अछामको चौरपाटी गाउँपालिका–२ सोकटस्थित गण्डीगाड मोटरेवल पुल निर्माणको प्रक्रिया अलपत्र परेको छ । पूर्वाधार विकास कार्य...

#पुल #अलपत्र
Compare →
Onlinekhabar
5d ago
अछामको गण्डीगाडमा ठेक्काको १६ महिना बित्दा पनि पुल निर्माण अघि बढेन

अछामको गण्डीगाडमा ठेक्काको १६ महिना बित्दा पनि पुल निर्माण अघि बढेन

२२ कात्तिक, अछाम । सम्झौता भएको १६ महिना बितिसक्दा पनि अछाम र डोटी जिल्लाको सिमानामा रहेको अछामको चौरपाटी गाउँपालिका–२ सोकटस्थित गण्डीगाड मोटरेवल पुल निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन । पूर्वाधार विकास कार्यालय साँफेबगरले अछामको चौरपाटी …

#पुल #ठेक्का
Compare →
Ekantipur
3d ago
भत्किएको पुल बनाउन पुष्पकमल दाहाललाई गुहारेकी सदीक्षाले फेसबुकको आम्दनीबाटै बनाइन् पुल

भत्किएको पुल बनाउन पुष्पकमल दाहाललाई गुहारेकी सदीक्षाले फेसबुकको आम्दनीबाटै बनाइन् पुल

गाउँको पुल भत्किएपछि सामाजिक सञ्जालबाट आफ्नो क्षेत्रका सांसद पुष्पकमल दाहाललाई गुहारेकी किशोरीले फेसबुकबाट आएको ६० हजार रुपैयाँले सोही पुल निर्माण गरेकी छन् ।

#पुल
Compare →
Nagarik News
4d ago
स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा

स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा

हाल त्यही ठाउँमा स्थानिय सरोकारवला निकायको सानूहिक पहलमा नयाँ पुल निर्माण गरी आजदेखि संचालनमा ल्याइएको स्थानीय समाजसेवी फूर्पु तामाङले जानकारी दिए ।

#पुल
Compare →

Related Stories

Politics & Governance
Build #2611