Trending
Prev Story
Next Story

अछामको गण्डीगाडमा ठेक्काको १६ महिना बित्दा पनि पुल निर्माण अघि बढेन

Onlinekhabar •
November 08, 2026 • 03:31 PM
1
1 reads 0 reactions

२२ कात्तिक, अछाम । सम्झौता भएको १६ महिना बितिसक्दा पनि अछाम र डोटी जिल्लाको सिमानामा रहेको अछामको चौरपाटी गाउँपालिका–२ सोकटस्थित गण्डीगाड मोटरेवल पुल निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन । पूर्वाधार विकास कार्यालय साँफेबगरले अछामको चौरपाटी …

अछामको गण्डीगाडमा ठेक्काको १६ महिना बित्दा पनि पुल निर्माण अघि बढेन

२२ कात्तिक, अछाम । सम्झौता भएको १६ महिना बितिसक्दा पनि अछाम र डोटी जिल्लाको सिमानामा रहेको अछामको चौरपाटी गाउँपालिका–२ सोकटस्थित गण्डीगाड मोटरेवल पुल निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

पूर्वाधार विकास कार्यालय साँफेबगरले अछामको चौरपाटी गाउँपालिका–२ र दिपायल सिलगढी नगरपालिका–८ जोड्ने गण्डीगाडमा ४० मिटर लम्बाइको पुल निर्माण गर्न एसएसएनएस सीपीसीएस–एसी जेभी धनगढी–५ कैलालीसँग सम्झौता गरेको थियो ।

मोटरेबल पुल निर्माणका लागि उक्त क्षेत्रमा डोजरले बाटो बनाउने क्रममा माथिबाट ठूलो ढुङ्गा खस्दा गण्डीगाडमा रहेको झोलुङ्गे पुलमा उल्टै क्षति भएको थियो । झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा अहिले दैनिक जसो नागरिक त्यही जीर्ण पुल भएर आवतजावत गरिरहेका छन् ।

पूर्वाधार विकास कार्यालयलाई पटकपटक ताकेता गर्दा पनि कुनै चासो नदिएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताए ।

नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भए पनि आयोजना कार्यान्वयन गर्ने निकाय मौन रहेको उनको आरोप छ ।

उक्त मोटरेबल पुल निर्माणका लागी निर्माण कम्पनीसँग पाँच करोड २१ लाख रुपैयाँमा २०८२ असार २२ गते सम्झौता भएको थियो ।

पुल नबन्दा गाउँमा बिरामीलाई उपचार गराउन लैजान समस्या भएको स्थानीय ध्रुव साउँदले बताए । स्थानीय विद्यार्थी अछामबाट डोटीको दिपायल र सिलगढीमा अध्ययन गर्न यही पुल भएर जोखिम मोल्दै जाने गरेका छन् ।

‘मोटरेबल पुल त परै जाओस्, झोलुङ्गे पुलको अवस्था पनि ठिक छैन’, साउँदले भने ।

कार्यालयले निर्माणमा संलग्नलाई निर्माण कार्य अगाडि बढाउन पत्राचार गरिसकेको पूर्वाधार विकास कार्यालय साफेबगर अछामका सूचना अधिकारी देवीप्रसाद उपाध्यायले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
कमला पुल निर्माण अन्तिम चरणमा

कमला पुल निर्माण अन्तिम चरणमा

जनकपुरधाम। तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथि निर्माणाधीन बहुप्रतीक्षित पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वर्षौंदेखि पुल सञ्चालनको...

#पुल
Compare →
Ekantipur
3d ago
भत्किएको पुल बनाउन पुष्पकमल दाहाललाई गुहारेकी सदीक्षाले फेसबुकको आम्दनीबाटै बनाइन् पुल

भत्किएको पुल बनाउन पुष्पकमल दाहाललाई गुहारेकी सदीक्षाले फेसबुकको आम्दनीबाटै बनाइन् पुल

गाउँको पुल भत्किएपछि सामाजिक सञ्जालबाट आफ्नो क्षेत्रका सांसद पुष्पकमल दाहाललाई गुहारेकी किशोरीले फेसबुकबाट आएको ६० हजार रुपैयाँले सोही पुल निर्माण गरेकी छन् ।

#पुल
Compare →
Nagarik News
4d ago
स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा

स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा

हाल त्यही ठाउँमा स्थानिय सरोकारवला निकायको सानूहिक पहलमा नयाँ पुल निर्माण गरी आजदेखि संचालनमा ल्याइएको स्थानीय समाजसेवी फूर्पु तामाङले जानकारी दिए ।

#पुल
Compare →
Bizshala
13h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#पुल
Compare →

Related Stories

Building & Construction
Build #2611