Trending
Prev Story
Next Story

भत्किएको पुल बनाउन पुष्पकमल दाहाललाई गुहारेकी सदीक्षाले फेसबुकको आम्दनीबाटै बनाइन् पुल

Ekantipur •
November 10, 2026 • 09:02 AM
1
1 reads 0 reactions

गाउँको पुल भत्किएपछि सामाजिक सञ्जालबाट आफ्नो क्षेत्रका सांसद पुष्पकमल दाहाललाई गुहारेकी किशोरीले फेसबुकबाट आएको ६० हजार रुपैयाँले सोही पुल निर्माण गरेकी छन् ।

भत्किएको पुल बनाउन पुष्पकमल दाहाललाई गुहारेकी सदीक्षाले फेसबुकको आम्दनीबाटै बनाइन् पुल

गाउँको पुल भत्किएपछि सामाजिक सञ्जालबाट आफ्नो क्षेत्रका सांसद पुष्पकमल दाहाललाई गुहारेकी किशोरीले फेसबुकबाट आएको ६० हजार रुपैयाँले सोही पुल निर्माण गरेकी छन् ।

रुकुम पूर्व — आफ्नो गाउँमा आवतजात गर्ने पुल भत्किएपछि यस क्षेत्रबाट निर्वाचित सांसद पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई सामाजिक सञ्जालमार्फत गुहारेकी रुकुम पूर्वको भूमे गाउँपालिका–९ लुमा गाउँकी १५ वर्षीया सदीक्षा ओलीले फेसबुककै आम्दनीबाट पुल बनाएकी छन् ।

लुमा गाउँको दोमै खोलामा पुल भत्किएको लामो समयसम्म कसैले नबनाइदिएपछि उनले फेसबुकमा राखेको एउटा भिडियो ‘भाइरल’ भएको थियो ।

गत भदौ १ मा ‘हेलो १ प्रचण्ड बाजे, कता हुनुहुन्छ ? हाम्रो यहाँ पूर्व रुकुमबाट चुनाव जितेर मात्रै जानुभो, यहाँ पुलको हाल हेर्नुस् यस्तो छ । भाँच्चिएर हामी खोलाबाट तरेर जानुपर्छ । गाईबाच्छालाई बगाउन सक्छ, हामी मान्छेलाई पनि बगाउन सक्छ । बच्चाहरू यहाँबाट स्कुल आवतजावत समेत गर्छन् । तिनीहरूलाई पनि बगाउन सक्छ । त्यही भएर यहाँ पुल बनाइदिनुपर्‍यो’ भनेर उनले भिडियो बनाएकी थिइन् ।

रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पुष्पकमल दाहाललाई ‘प्रचण्ड बाजे’ भनेर उनले गरेको सम्बोधन गरेर उठाएको समस्याका बारेमा सर्वत्र चर्चा भए पनि यतिका समयसम्म उक्त पुल बनाउने कुरामा भने कसैले चासो नदिएको सदीक्षाको गुनासो छ । ‘यसकारण म आफैं पुल बनाउन लागि परे,’ उनले भनिन् ।

आफन्त तथा स्थानीयको सहयोगमा स्थानीय काठ प्रयोग गरेर तीन दिनको मिहनेत पश्चात पुल निर्माण सम्पन्न गरेको उनले बताइन् । स्थानीय शेरधन खड्काले पुल बनाउन खर्च भएको ६० हजार रुपैयाँ सदीक्षाले व्यहोरेको बताए । जस्तापाता, किलाकाँटा र दक्ष कामदारको ज्यालामा उक्त रकम खर्च भएको उनले बताए । 'आउजाउ गर्न समस्या नै थियो । सरकारले बनाउन सकेन । गाउँकै नानीको अगुवाइमा पुल बन्यो, हामी सबैले सक्दो सहयोग गर्‌याैं,' उनले भने ।

सामान्य किसान परिवारकी उनले फेसबुकबाट कमाएको ६० हजार रुपैयाँले पुल बनाउन सम्भव भएको बताइन् । ‘रहरै–रहरैमा फेसबुक चलाउन थाले । आईडी मोनिटाइज पनि भयो र मेरा भिडियो भाईरल हुँदै जान थालेपछि यसबाट कमाई पनि हुन थाल्यो । मैले ‘प्रचण्ड बाजे’ भनेर राखेको भिडियो पनि धेरैले हेर्नुभयो । यसबाट पनि केही पैसा आयो,’ उनले भनिन्, ‘अनि मैले फेसबुकबाट उठाएको समस्या समाधान गर्न फेसबुकबाटै कमाएको प्रयोग गरेर त्यो पुल बनाउन जुटे ।’

करिब ४ मिटर लामो उक्त काठे पुल बनेपछि यस भेगका सर्वसाधारणले वडा कार्यालय, विद्यालय र जिल्ला सदरमुकामतर्फ जानका सहज हुनेछ। हिउँदमा खासै जोखिम नभए पनि बर्खायाममा भने लुमा गाउँको यो खोला तर्नै नसकिनगरी बढ्छ । वर्षौंअघि बनाइएको पुल गत असारमा खोलाले भत्काएको थियो।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
11h ago
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

२७ कात्तिक, महेन्द्रनगर । दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी …

#पुल #भत्किए
Compare →
Bizshala
13h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#पुल
Compare →
Nagarik News
14h ago
महायज्ञदेखि महिनावारीमुक्त वडासम्म: जुम्लामा ‘गोठ भत्किए, सोच भत्किएन’

महायज्ञदेखि महिनावारीमुक्त वडासम्म: जुम्लामा ‘गोठ भत्किए, सोच भत्किएन’

गाउँको परिवेशबाट टाढा पुगेपछि अब महिनावारी हुँदा गोठमा बस्नु नपर्ला भन्ने उनलाई लागेको थियो, तर उनको त्यो आशा लामो समय टिकेन।

#गाउँ #भत्किए
Compare →
Hamro Patro News
15h ago
मुन्दु–सेरा जोड्ने झोलुङ्गे पुल निर्माण हुने

मुन्दु–सेरा जोड्ने झोलुङ्गे पुल निर्माण हुने

मुगु । मुन्दु गाउँ र सेराको जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पुल निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन्...

#पुल
Compare →

Related Stories

Technology
Build #2611