Trending
Prev Story
Next Story

किसानलाई धान भण्डारणको चटारो

Nagarik News •
November 10, 2026 • 05:29 AM
1
1 reads 0 reactions

धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ।

किसानलाई धान भण्डारणको चटारो

धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ। पाकेको धान थन्क्याउने, सुकाउने र सुरक्षित भण्डारण गर्ने काममा किसान जुटिरहँदा चाडपर्व मनाउने समयसमेत कम भएको छ।

भोजपुर नगरपालिका–५ का स्थानीय किसान रुपनारायण फुयालले धान भित्राउने काममा व्यस्त हुनुपर्दा तिहार आएको अनुभूति गर्नसमेत कठिन भएको बताए।

चाडपर्वको समयमा परिवारसँग बसेर रमाइलो गर्नुपर्ने भए पनि खेतीपातीको कामलाई प्राथमिकता दिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

किसान फुयालका अनुसार कात्तिक १६ गतेदेखि अर्मपर्म गरेर धान भण्डारणको काम सुरु गरिएको भए पनि अझै सम्पन्न हुन सकेको छैन। किसानले एक अर्काको खेतमा पालैपालो सहयोग गर्दै धान भित्र्याउने काम गरिरहेका छन्। यही गतिमा काम गर्दा मङ्सिर १० देखि १५ गतेसम्म धान भण्डारणकै काममा व्यस्त हुनुपर्ने अवस्था रहेको उनले बताए।

अर्की किसान करुणा थापाले पनि धान भित्र्याउने समयमा कामदार पाउन समस्या भइरहेको बताउँछिन्। गाउँमा खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा धान भण्डारणको काम ढिलो भइरहेको उनको भनाइ छ। केही किसानले आफ्नो धान भण्डारण गरिसकेपछि मात्र अन्य किसानले काम गर्ने अवसर पाउने भएकाले पालो कुरेर बस्नुपर्ने अवस्था रहेको उनले बताइन्।

धान काट्ने, बिटा बाँध्ने, खेतबाट घरसम्म बोक्ने, झाँट्ने, सुकाउने र भण्डारण गर्ने काममा धेरै श्रम र समय लाग्ने किसान बताउँछन्। अर्मपर्मका आधारमा काम गर्दा पनि सबै किसानको धान एकै समयमा भित्र्याउन नसकिने भएकाले कामको चाप बढेको छ।

धान पाकेर भित्र्याउने समय र तिहारको चाडपर्व एकै समयमा परेपछि ग्रामीण क्षेत्रका किसानलाई दोहोरो चटारो परेको किसान अनुराग पोखरेलले बताए।

एकातिर धानबाली सुरक्षित रूपमा घरमा भित्र्याउनुपर्ने बाध्यता र अर्कातिर चाडपर्व मनाउने चाहना रहेको उनको भनाइ छ। खेतीपातीको काम नसकिँदा चाडपर्वको रमाइलोमासमेत पर्याप्त समय दिन नपाएको उनले बताए।

प्रकाशित: २४ कार्तिक २०८३ ११:१४ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

भोजपुर । जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ । धान काट्ने र भित्र्याउने समयमा मौसममा आएको परिवर्तनले किसान चिन्तित बनेका...

#भोजपुर #किसान
Compare →
Ekantipur
2d ago
वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

भन्सार तथ्यांकअनुसार चामल, मकै र धानको आयात तथा मूल्य दुवै घटेका छन्, जबकि गहुँमा ५० करोड १५ लाख रुपैयाँको आयात भएको छ।

#धान
Compare →

Related Stories

Business & Economy
Build #2611