Trending
Prev Story
Next Story

फाइनान्स कम्पनी - ३ करोड ६९ लाख नाफा, खुद ब्याज आम्दानीमा समेत सुधार

Arthasansar •
November 04, 2026 • 05:04 AM
1
1 reads 0 reactions

नेपालका फाइनान्स कम्पनीहरु नाफा कमाउने थालेका छन् ।आर्थिक वर्ष २०८२/८३ पहिलो तीन महिनामा ३१ करोड २३ लाख रुपैयाँ खुद नोक्सानी...

फाइनान्स कम्पनी - ३ करोड ६९ लाख नाफा, खुद ब्याज आम्दानीमा समेत सुधार

नेपालका फाइनान्स कम्पनीहरु नाफा कमाउन थालेका छन् ।आर्थिक वर्ष २०८२/८३ पहिलो तीन महिनामा ३१ करोड २३ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेका फाइनान्स कम्पनीहरूले यस वर्षको सोही अवधिमा ३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। खुद ब्याज आम्दानीमा देखिएको  सुधार र केही कम्पनीले कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) घटाउन सकेका कारण समग्र नाफामा सकारात्मक प्रभाव परेको हो ।

यो अवधीमा आईसीएफसी फाइनान्स सबैभन्दा अगाडि देखिएको छ । गत वर्ष २ करोड २४ लाख रुपैयाँ मात्र नाफा कमाएको यस कम्पनीले चालु आवको पहिलो त्रैमासमा २१०.७९ प्रतिशतको आकर्षक छलाङ मार्दै ६ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। त्यसैगरी,अघिल्लो वर्ष घाटामा रहेका गोर्खाज र बेस्ट फाइनान्सले सानदार पुनरागमन गरेका छन् । गोर्खाज फाइनान्स ४ करोड २४ लाखको घाटा पूर्ति गर्दै यसपालि ६ करोड ७४ लाख रुपैयाँ नाफामा उक्लिएको छ भने बेस्ट फाइनान्स ५ करोड ४७ लाख घाटाबाट २ करोड १४ लाख रुपैयाँ नाफामा फर्किएको छ। यता, मञ्जुश्री र मल्टिपर्पस फाइनान्सको नाफामा भने क्रमशः ४८.५७ प्रतिशत र ७५.९३ प्रतिशतले गिरावट आएको छ । घाटामा रहेका रिलायन्स, पोखरा, नेपाल र गुहेश्वरी फाइनान्सले आफ्नो घाटा रकमलाई अघिल्लो वर्षको तुलनामा घटाउन भने सफल भएका छन् ।

फाइनान्स कम्पनीहरुको खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ । १४ कम्पनीको खुद ब्याज आम्दानी २३.२१ प्रतिशत बढेर १ अर्ब १४ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ९२ करोड ८८ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको २३ करोड ३ लाख रुपैयाँ छ । आईसीएफसी फाइनान्सको १८ करोड ६३ लाख, रिलायन्स फाइनान्सको १० करोड ६५ लाख र गोर्खाज फाइनान्सको ९ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी छ ।

वृद्धिदरका आधारमा जानकी फाइनान्स अगाडि छ । कम्पनीको खुद ब्याज आम्दानी २५१.०३ प्रतिशत बढेर ६ करोड ११ लाख रुपैयाँ पुगेको छ । रिलायन्स फाइनान्सको ६२.९६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ४६.८५ प्रतिशत र बेस्ट फाइनान्सको ४५.५६ प्रतिशत बढेको छ । श्री इन्भेष्टमेन्ट फाइनान्सको भने खुद ब्याज आम्दानी २०.४९ प्रतिशत घटेको छ । ब्याज आम्दानी बढे पनि ठूलो रकम कर्जा नोक्सानी व्यवस्थापन (इम्पेयरमेन्ट चार्ज) का लागि छुट्याउनुपर्दा कम्पनीहरुको नाफामा दबाब परेको देखिन्छ । यद्दपि, केही कम्पनीको इम्पेयरमेन्ट चार्ज गत वर्षको तुलनामा घटेको र केहीले रिभर्स गरेकाले समग्र नाफामा सुधार आएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
5d ago
आशा लघुवित्तको ब्याज आम्दानी बढ्दा पनि खराब कर्जाले नाफा घटायो

आशा लघुवित्तको ब्याज आम्दानी बढ्दा पनि खराब कर्जाले नाफा घटायो

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था (एएलबीएसएल) को खुद ब्याज आम्दानी १७.२२ प्रतिशतले बढे पनि पहिलो त्रैमासको खुद...

#नाफा #खुद #ब्याज
Compare →
Hamro Patro News
1w ago
एभरेष्ट बैंकको वितरणयोग्य मुनाफामा ठूलो गिरावट, खुद ब्याज आम्दानी र नेटवर्थमा पनि संकुचन

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफामा ठूलो गिरावट, खुद ब्याज आम्दानी र नेटवर्थमा पनि संकुचन

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार एभरेष्ट बैंक लिमिटेडको मुख्य वित्तीय सूचकहरूमा दबाब देखिएको छ । बैंकको निक्षेप तथा कर्जा विस्तारमा केही वृद्धि देखिए तापनि शेयरधनीह...

#नाफा #खुद #ब्याज
Compare →
Ekantipur
1w ago
नाफा बढेपछि रिलायन्स स्पिनिङको सेयर कारोबार उच्च, मूल्य पनि बढ्यो

नाफा बढेपछि रिलायन्स स्पिनिङको सेयर कारोबार उच्च, मूल्य पनि बढ्यो

बिहीबार यसको ११ करोड ९३ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।

#नाफा
Compare →

Related Stories

National (Nepal)
Build #2611