Trending
Prev Story
Next Story

चिरख्वा हाइड्रोपावरको करिब साढे २ लाख कित्ता सेयर बिक्रीमा आउने

Arthasansar •
November 04, 2026 • 05:04 AM
1
1 reads 0 reactions

चिरख्वा हाइड्रोपावर लिमिटेडले करिब साढे २ लाख कित्ता आधारभूत सेयर बिक्रीमा आउने भएको छ । सेयरधनी गेल्जे लामाले आफ्नो स्वामित्वमा...

चिरख्वा हाइड्रोपावरको करिब साढे २ लाख कित्ता सेयर बिक्रीमा आउने

चिरख्वा हाइड्रोपावर लिमिटेडले करिब साढे २ लाख कित्ता आधारभूत सेयर बिक्रीमा आउने भएको छ । सेयरधनी गेल्जे लामाले आफ्नो स्वामित्वमा रहेको २ लाख ४८ हजार ५६ कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।

उनले आगामी तीन महिनाभित्र उक्त सेयर बिक्री गर्न चाहेको जानकारी कम्पनीलाई गराएका हुन् । कम्पनीका अनुसार लामाको सेयर बिक्री गर्ने आशयसम्बन्धी निवेदन कात्तिक १७ गते प्राप्त भएको हो । धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) तथा नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुअघि जानकारी गराउनुपर्ने व्यवस्था छ ।

उक्त व्यवस्थाअनुसार सेयर बिक्री गर्न चाहने आधारभूत सेयरधनीले बिक्रीको पाँच कारोबार दिनअघि नै सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्छ । सोही प्रावधानअनुसार लामाले सेयर बिक्री गर्ने आफ्नो मनसायबारे कम्पनीलाई जानकारी गराएका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5h ago
मोरङका दुई छुट्टाछुट्टै स्थानमा आगलागी, करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट!

मोरङका दुई छुट्टाछुट्टै स्थानमा आगलागी, करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट!

मोरङ जिल्लाका दुई स्थानीय तहमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। प्राप्त विवरणअनुसार, रंगेली नगरपालिका–८ मा झबु रिसिदेबको घरमा आगलागी हुँदा करिब ...

#करिब
Compare →
Bizshala
11h ago
सुपरमाई हाइड्रोपावरको १८.४२१ प्रतिशत लाभांश प्रस्ताव

सुपरमाई हाइड्रोपावरको १८.४२१ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई कुल १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।...

#हाइड्रोपावर
Compare →
Ekantipur
4d ago
उपत्यकामा तिहारमा मात्रै बिक्री हुन्छ १० करोडका कुचो

उपत्यकामा तिहारमा मात्रै बिक्री हुन्छ १० करोडका कुचो

कुचोले नकारात्मक ऊर्जा हटाएर सकारात्मक ऊर्जा सिर्जना गर्ने विश्वासमा तिहारमा कुचो धेरै बिक्री हुने

#बिक्री
Compare →

Related Stories

Business & Economy
Build #2611