Trending
Prev Story
Next Story

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

Arthasansar •
November 04, 2026 • 05:04 AM
1
1 reads 0 reactions

नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गरी लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले विभिन्न कारणले...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गरी लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले विभिन्न कारणले केही सेयरधनीको खातामा नगद लाभांश भुक्तानी हुन नसकेको भन्दै सेयर रजिस्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

बैंकको ४२औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १०.८० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएसँगै बैंकले असोज २२ गतेदेखि नै सेयरधनीलाई नगद लाभांश वितरण गर्न थालेको जनाएको छ । तर, कतिपय सेयरधनीले अझै नगद लाभांश प्राप्त गर्न सकेका छैनन् । सेयर अभौतिकीकरण नभएको, डिम्याट खातामा रहेको बैंक खातासम्बन्धी विवरण नमिलेको, सेयर धितोमा रहेको वा अन्य विविध कारणले लाभांश भुक्तानी हुन नसकेको बैंकले जनाएको छ ।

यस्ता सेयरधनीलाई आवश्यक विवरण तथा प्रक्रिया मिलाएर नबिल इन्भेष्टमेन्ट बैंकिङमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । लाभांश भुक्तानीसम्बन्धी थप जानकारी तथा सहयोगका लागि सेयर रजिस्ट्रार कार्यालयकी नेहा प्रजापतिलाई सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले यसअघि वितरण गरेका नगद लाभांशसमेत केही सेयरधनी वा उनीहरूका हकवालाले दाबी नगरेको जनाएको छ । साविक युनाइटेड फाइनान्स लिमिटेड र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेडका सेयरधनीले पाउन बाँकी नगद लाभांशसमेत सेयर रजिस्ट्रार कार्यालयमा सम्पर्क गरी बुझिलिन बैंकले अनुरोध गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
नबिल बैंकद्वारा लाभांश नबुझेका सेयरधनीलाई सम्पर्क गर्न आग्रह

नबिल बैंकद्वारा लाभांश नबुझेका सेयरधनीलाई सम्पर्क गर्न आग्रह

काठमाडौं। नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गरी लाभांश बुझिलिन आग्रह गरेको...

#लाभांश #सेयरधनी #नगद
Compare →
Onlinekhabar
1w ago
युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १५४० रुपैयाँ लाभांश दिने

युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १५४० रुपैयाँ लाभांश दिने

१६ कात्तिक, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो कम्पनी युनिलिभर नेपालले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिकित्ता १५४० रुपैयाँ लाभांश दिने निर्णय गरेको हो । साथै कम्पनीले मंसिर ९ देखि २३ …

#लाभांश #सेयरधनी
Compare →
Hamro Patro News
5d ago
संयुक्त ऊर्जाले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश दिने, आईपीओ पनि निष्कासन गर्ने

संयुक्त ऊर्जाले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश दिने, आईपीओ पनि निष्कासन गर्ने

काठमाडौं । गैरआवासीय नेपालीहरूको मुख्य लगानी रहेको संयुक्त ऊर्जा लिमिटेडले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको शुक्रबार काठमाडौंमा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको उक्त...

#लाभांश #नगद #सेयरधनी
Compare →
Ekantipur
5d ago
तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

यी १८ कम्पनीमा ९ बाट १० प्रतिशतभन्दा धेरै लाभांश प्राप्त गर्न सकिने अवस्था छ ।

#लाभांश #प्राप्त
Compare →

Related Stories

Business & Economy
Build #2611