Trending
Prev Story
Next Story

नबिल बैंकद्वारा लाभांश नबुझेका सेयरधनीलाई सम्पर्क गर्न आग्रह

Bizshala •
November 04, 2026 • 03:33 AM
1
1 reads 0 reactions

काठमाडौं। नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गरी लाभांश बुझिलिन आग्रह गरेको...

नबिल बैंकद्वारा लाभांश नबुझेका सेयरधनीलाई सम्पर्क गर्न आग्रह

काठमाडौं। नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गरी लाभांश बुझिलिन आग्रह गरेको छ।

बैंकले सेयर अभौतिकीकरण नभएको, डिम्याट खातामा बैंक विवरण नमिलेको, सेयर धितोमा रहेकोलगायत कारणले लाभांश भुक्तानी हुन नसकेका सेयरधनीलाई सेयर रजिस्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङमा सम्पर्क गर्न भनेको हो ।

बैंकको ४२औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १०.८० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले असोज २२ गतेदेखि नगद लाभांश वितरण सुरु गरेको जनाएको छ ।

यसअघि वितरण गरिएका लाभांशसमेत केही सेयरधनीले दाबी नगरेको बैंकले जनाएको छ । साविक युनाइटेड फाइनान्स र नेपाल बङ्गलादेश बैंकका सेयरधनी तथा हकवालालाई पनि बाँकी लाभांश लिन सेयर रजिस्ट्रार कार्यालयमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1w ago
लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गरी लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले विभिन्न कारणले...

#लाभांश #सेयरधनी #नबिल
Compare →
Onlinekhabar
1w ago
युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १५४० रुपैयाँ लाभांश दिने

युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १५४० रुपैयाँ लाभांश दिने

१६ कात्तिक, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो कम्पनी युनिलिभर नेपालले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिकित्ता १५४० रुपैयाँ लाभांश दिने निर्णय गरेको हो । साथै कम्पनीले मंसिर ९ देखि २३ …

#लाभांश #सेयरधनी
Compare →
Hamro Patro News
5d ago
संयुक्त ऊर्जाले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश दिने, आईपीओ पनि निष्कासन गर्ने

संयुक्त ऊर्जाले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश दिने, आईपीओ पनि निष्कासन गर्ने

काठमाडौं । गैरआवासीय नेपालीहरूको मुख्य लगानी रहेको संयुक्त ऊर्जा लिमिटेडले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको शुक्रबार काठमाडौंमा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको उक्त...

#लाभांश #नगद #सेयरधनी
Compare →
Ekantipur
1w ago
रिलायन्स स्पिनिङ मिल्सकाे ३० प्रतिशत नगद लाभांश

रिलायन्स स्पिनिङ मिल्सकाे ३० प्रतिशत नगद लाभांश

संस्थापक शेयरधनी समूहबाट पवन कुमार गोल्याण, शशीकान्त अग्रवाल, अक्षय गोल्याण र किरण देवी अग्रवाल सर्वसम्मत रूपमा सञ्चालक निर्वाचित, सर्वसाधारण शेयरधनी समूहबाट बसन्त नाहटा निर्विरोध निर्वाचित

#लाभांश
Compare →

Related Stories

Business & Economy
Build #2611