Trending
Prev Story
Next Story

उपत्यकामा तिहारमा मात्रै बिक्री हुन्छ १० करोडका कुचो

Ekantipur •
November 08, 2026 • 06:02 PM
1
1 reads 0 reactions

कुचोले नकारात्मक ऊर्जा हटाएर सकारात्मक ऊर्जा सिर्जना गर्ने विश्वासमा तिहारमा कुचो धेरै बिक्री हुने

उपत्यकामा तिहारमा मात्रै बिक्री हुन्छ १० करोडका कुचो

कुचोले नकारात्मक ऊर्जा हटाएर सकारात्मक ऊर्जा सिर्जना गर्ने विश्वासमा तिहारमा कुचो धेरै बिक्री हुने

काठमाडौँ — चालु आर्थिक वर्षको तीन महिनामा ४३ लाख ८२ हजार ५ सय १० किलो कुचो निर्यात भएको छ । साउन, भदौ र असोजमा ४३ लाख ८२ हजार ५ सय १० किलो कुचो निर्यात भएको भन्सार विभागले बताएको छ । निर्यातबाहेक मुलुकमा अत्यधिक कुचोको व्यापार तिहारकै अवसरमा हुने गर्छ । धनतेरसका दिन नयाँ कुचो किनेर लक्ष्मीपूजाका दिन पुज्ने प्रचलन रहेको नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले जनाए ।‘धनतेरसको दिन सुनचाँदी, तामाका भाँडा, बेसार, धनियाँ तथा कुचो किनेर लक्ष्मीपूजा गर्ने प्रचलन छ । त्यसैले तिहारमा धेरै कुचो बिक्री हुने गर्छ,’ उनले भने, ‘यतिबेला काठमाडौं उपत्यकामा मात्रै १० करोड रुपैयाँको कुचो किनबेच हुन्छ ।’ देशभर भने तिहारका बेला २० करोड रुपैयाँसम्मको अम्रिसो कुचो किनबेच हुने उनले सुनाए ।

पोखरा, विराटनगरलगायत ठूला सहरमा पनि कुचो खपत बढी हुने उनले जनाए । कुचोले नकारात्मक ऊर्जा हटाएर सकारात्मक ऊर्जा सिर्जना गर्ने भएकाले तिहारमा कुचो धेरै बिक्री हुने कार्कीको भनाइ छ । यस वर्षको तिहारमा कुचो प्रतिगोटा ४५ रुपैयाँदेखि ४ सय रुपैयाँसम्ममा कारोबार भइरहेको कार्कीले बताए । खुला कुचो प्रतिकिलो सय रुपैयाँमा बिक्री भइरहेको उनले जनाए ।

नेपालमा तिहारका बेला अत्यधिक खपत हुने कुचो अन्य बेला भारत र बंगलादेश निर्यात हुने गरेको छ । चालु आर्थिक वर्षको तीन महिनामा भारतमा ३१ करोड १९ लाख ३१ हजार रुपैयाँको कुचो निर्यात भएको थियो । गत आर्थिक वर्षको तीन महिनामा २६ करोड ९२ लाख रुपैयाँको कुचो निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ४३ लाख ८२ हजार ५ सय १० किलो कुचो निर्यात भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा ४० लाख ९९ हजार २ सय ७० किलो कुचो निर्यात भएको थियो । नेपाली कुचोको बजार भारत मात्रै रहेको छ । नेपालमा पनि सबैभन्दा धेरै कुचो तिहारमा खपत हुने गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा ८६ करोड ७० लाख ९८ हजार रुपैयाँको कुचो भारत र बंगलादेशमा निर्यात भएको थियो । भारतमा ८६ करोड १८ लाख ३५ हजार र बंगलादेशमा ५२ लाख ६२ हजार रुपैयाँको कुचो निर्यात भएको विभागको तथ्यांक छ । नेपालमा उत्पादन हुने कुचोमध्ये ७४ प्रतिशत भारत र १ प्रतिशत बंगलादेश निर्यात हुने नेपाल कुचो संघले जनाएको छ ।

इलाम, पाँचथर, संखुवासभा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, पाल्पामा बढी अम्रिसो उत्पादन हुने संघको भनाइ छ । दूध व्यवसायमा लागेकाहरूले घाँसका लागि र बाढीपहिरो–भूक्षय रोक्ने भएकाले पालिकाहरूले कुचो रोप्न थालेकाले पछिल्लो समय कुचो खेती बढिरहेको कार्कीको भनाइ छ । भारतमा अर्धप्रशोधित कुचो निर्यात भइरहेको उनले प्रस्ट्याए ।

आर्थिक वर्ष २०७१/७२ यता आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी कुचो निर्यात भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ३२ करोड ५२ लाख र २०८१/८२ मा १ अर्ब १५ करोड ७ लाख रुपैयाँको कुचो भारतमा निर्यात भएको विभागको तथ्यांक छ ।

आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८८ लाख रुपैयाँ बराबरको कुचो भारत निर्यात भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा ६९ करोड ९८ लाख रुपैयाँ बराबरको कुचो भारतमा मात्रै निर्यात भएको विभागले बताएको छ । आर्थिक वर्ष २०७७/७८ मा ६५ करोड ८८ लाख १३ हजार रुपैयाँ बराबरको कुचो भारत र बंगलादेश निर्यात भएको थियो । त्यस वर्ष ५६ लाख ३७ हजार रुपैयाँको २ लाख ३२ हजार ६ सय किलो कुचो बंगलादेश निर्यात भएको थियो । भारतमा भने ६५ करोड ३१ लाख ७६ हजार रुपैयाँ बराबरको कुचो निर्यात भएको थियो ।

बंगलादेशमा कुचो निर्यात गर्न कर नीति बाधक रहेको संघका अध्यक्ष कार्कीले बताए । ‘बंगलादेशले नेपालको कुचो आयातमा ५१ प्रतिशतसम्म कर लगाएको छ, त्यही कुचो भुटानले शून्य करमा निर्यात गर्छ पाउँछ,’ उनले भने, ‘नेपालबाट जाने सामानमा उच्च कर कायम राखेका कारण व्यापारीहरूलाई बंगलादेशी बजारमा प्रतिस्पर्धा गर्न गाह्रो छ ।’ नेपालले बंगलादेशसँग कूटनीतिक पहल वा वार्ता गरी उच्च कर दरलाई घटाउन सके नेपालको निर्यात व्यापार अझै बढ्ने उनको भनाइ छ ।

बर्सेनि कुचो उत्पादन १५ प्रतिशत बढिरहेकाले अब बंगलादेशमा समेत बजार बिस्तार गर्नुपर्नेमा उनले जोड दिए । नेपालका धेरैजसो युवा वैदेशिक रोजगारीमा जाने क्रम बढेका कारण गाउँघरमा खेतबारी बाझिन थालेकाले खुला जग्गा र बारीहरूमा कुचो लगाउने प्रचलन बढिरहेको उनको भनाइ छ ।

आर्थिक वर्ष २०७६/७७ मा बंगलादेश र भारतमा गरी ५५ करोड ७४ लाख रुपैयाँ बराबरको कुचो निर्यात भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा भारत र बंगलादेशमा कुल ४० करोड ५७ लाख ३९ हजार रुपैयाँ बराबरको कुचो निर्यात गरिएको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७४/७५ मा ५ करोड २९ लाख रूपैयाँ बराबरको कुचो निर्यात भएको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७१/७२ मा १२ करोड २९ लाख रुपैयाँ बराबरको कुचो निर्यात भएको थियो ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
तिहारमा ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा क्यूआरटी र मोबाइल टोली परिचालन

तिहारमा ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा क्यूआरटी र मोबाइल टोली परिचालन

काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि क्विक रेस्पोन्स टिम (क्यूआरटी), मोबाइल गाडी तथा सीसी क्यामेरामार्फत निगरानी भइरहेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहर...

#तिहार #उपत्यका
Compare →
Onlinekhabar
2d ago
तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

‎‎२५ कार्तिक, नुवाकोट । तिहारको मैझारोसँगै आएको वर्षा रोकिएपछि उत्तरी हिमश्रृंखला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको वर्षाले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए । एकैछिनको वर्षा रोकिएपछि घाम लाग्दा घमाइलो …

#तिहार
Compare →
Nagarik News
2d ago
आधुनिकताले फेरिँदै तिहारको संस्कृति

आधुनिकताले फेरिँदै तिहारको संस्कृति

तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ ।

#तिहार
Compare →
Arthasansar
2d ago
तिहारको मुख्य दिन आज भाइटिका

तिहारको मुख्य दिन आज भाइटिका

यो वर्षको तिहारको मुख्य दिन आज भाइटिका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...

#तिहार
Compare →

Related Stories

National (Nepal)
Build #2611