महोत्तरी : गौशालामा केरा बिक्री गर्न आएका नवलपरासीका ब्रह्मा शर्मासँग केही व्यक्तिको समूहले जबर्जस्ती रकम असुली गरेको छ। ट्रकमा लोड गरी केरा बिक्रीका लागि गौशाला बजारमा आएका शर्मासँग स्थानीय एक समूहले नगद ५ हजार रुपैयाँ असुलेका हुन्।
शर्माले भने, ‘बिहीबार दिउँसो बजारमा पैसा असुल्ने कार्यमा सक्रिय ५–७ जनाको समूहले ‘जर्बजस्ती ८ हजार रुपैयाँ दिनुपर्छ’ भनी दबाब दिन थाल्यो। पछि मैले नमान्दा हातपातसमेत गर्ने धम्की दिएपछि ५ हजार रुपैयाँ दिएर पठाएको छु। यसको न त कुनै रसिद नै दिएका छन्। बाहिरको व्यापारी भएर अन्जान सहरमा जसोतसो बिक्री गर्ने कुरामा मात्र मेरो ध्यान केन्द्रित थियो।’
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )