Trending
Prev Story
Next Story

तिहारको मुख्य दिन आज भाइटिका

Arthasansar •
November 11, 2026 • 01:33 AM
2
2 reads 0 reactions

यो वर्षको तिहारको मुख्य दिन आज भाइटिका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...

तिहारको मुख्य दिन आज भाइटिका

यो वर्षको तिहारको मुख्य दिन आज भाइटिका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउँदैछन् ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०७ बजेको मुहूर्त उत्तम रहेको छ । यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइ माग्ने पश्चिम फर्कनु पर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
भाइटीकामा प्रयोग हुने फूल, दुबो, ओखर र कटुसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ?

भाइटीकामा प्रयोग हुने फूल, दुबो, ओखर र कटुसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ?

काठमाडौं - तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार भाइटीका मनाइँदै छ । यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीकालाई यमद्वितीया पनि भनिन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, मखमली, सयपत्री तथा ग...

#दिदीबहिनी #दाजुभाइ #टीका
Compare →
Onlinekhabar
2d ago
रानीपोखरीमा दिदीबहिनी नहुने दाजुभाइको निधारमा सप्तरङ्गी टीका (तस्वीरहरू)

रानीपोखरीमा दिदीबहिनी नहुने दाजुभाइको निधारमा सप्तरङ्गी टीका (तस्वीरहरू)

६ कात्तिक, काठमाडौं । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरसम्म पुग्ने साँघुरो पुलमा भाइटीका लगाउन जानेहरूको चहलपहल छ । कोही मन्दिरतर्फ अघि बढिरहेका छन् त कोही टीका लगाएर फर्किँदै छन् । दिदीबहिनी नभएका तथा विभिन्न कारणले आफ्ना …

#दिदीबहिनी #दाजुभाइ #टीका
Compare →
Bizshala
2d ago
मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

काठमाण्डौ । घरको संघारमा ओखर फुटाएर, तेलको धाराले दाजुभाइलाई घेरेर र मखमलीको माला पहिर्‍याएर आज भाइटीका मनाइँदैछ।...

#दिदीबहिनी #दाजुभाइ #टीका
Compare →
Nagarik News
2d ago
नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्)

नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्)

हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाइदिने परम्परा छ।

#दिदीबहिनी #टीका
Compare →
Ekantipur
2d ago
रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

तिहारको पाँचौँ दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र सयपत्री तथा मखमली फूलको माला लगाइदिएर पर्व मनाइरहेका छन्।

#दिदीबहिनी #टीका
Compare →

Related Stories

Sports
Build #2611