Trending
Prev Story
Next Story

नाफा बढेपछि रिलायन्स स्पिनिङको सेयर कारोबार उच्च, मूल्य पनि बढ्यो

Ekantipur •
November 06, 2026 • 10:01 AM
1
1 reads 0 reactions

बिहीबार यसको ११ करोड ९३ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।

नाफा बढेपछि रिलायन्स स्पिनिङको सेयर कारोबार उच्च, मूल्य पनि बढ्यो

बिहीबार यसको ११ करोड ९३ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।

काठमाडौँ — रिलायन्स स्पिनिङ मिल्सको नाफा बढेको विवरण सार्वजनिक भएपछि सेयर बजारका कारोबार उच्चले बढेको छ । बिहीबार यसको ११ करोड ९३ लाख रूपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकमको आधारमा यो तेस्रो स्थानमा छ ।

चालु आर्थिक वर्ष २०८३ ८४ को पहिलो त्रैमासमा यसको नाफा ३४२ प्रतिशतले बढेर ३० करोड ४८ लाख रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ८८ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन आम्दानी र सञ्चालन नाफामा भएको उल्लेख्य वृद्धिले खुद नाफा बढाउन सहयोग गरेको देखिन्छ। कम्पनीको सञ्चालन आम्दानी २८.७८ प्रतिशतले बढेर ३ अर्ब २० करोड रूपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २ अर्ब ४९ करोड रूपैयाँ थियो ।

त्यस्तै, कम्पनीको सञ्चालन नाफा १३९ प्रतिशतले बढेर ४० करोड ५७ लाख रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा १६ करोड ९२ लाख रूपैयाँ थियो ।

यद्यपि, कम्पनीको बिक्री लागत पनि २०.५६ प्रतिशतले बढेर २ अर्ब ६४ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो लागत २ अर्ब १९ करोड रूपैयाँ थियो ।

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ६२ रूपैयाँ ९७ पैसा पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ४ सय ८९ रूपैयाँ ५३ पैसा छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो

काठमाडौं – रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४२.५३ प्रतिशतले बढी हो । ...

#नाफा #रिलायन्स #स्पिनिङ
Compare →
Arthasansar
1w ago
रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतको वृद्धि, अधिकांश वित्तीय सूचकमा सुधार

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतको वृद्धि, अधिकांश वित्तीय सूचकमा सुधार

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको खुद नाफा उल्लेख्य सुधार भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत...

#नाफा #रिलायन्स #स्पिनिङ
Compare →
Bizshala
5d ago
शिवम् सिमेन्टको बिक्री आम्दानी १७ प्रतिशत बढ्दा नाफा ६६ प्रतिशत खुम्चियो

शिवम् सिमेन्टको बिक्री आम्दानी १७ प्रतिशत बढ्दा नाफा ६६ प्रतिशत खुम्चियो

काठमाण्डौ । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा गत वर्षको सोही अवधिभन्दा २५ करोड ६० लाख रुपैयाँ...

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2611