Trending
Prev Story
Next Story

सुत्केरी बेथाले थलिएकी महिलाको पाँच दिनपछि उद्धार

Ekantipur •
November 06, 2026 • 10:01 AM
1
1 reads 0 reactions

जिल्ला अस्पतालमा रगत नपाएपछि नाम्खा–३ की ३३ वर्षीया डिकी साङमु लामालाई शुक्रबार थप उपचारका लागि सुर्खेत ल्याइएको हो।

सुत्केरी बेथाले थलिएकी महिलाको पाँच दिनपछि उद्धार

जिल्ला अस्पतालमा रगत नपाएपछि नाम्खा–३ की ३३ वर्षीया डिकी साङमु लामालाई शुक्रबार थप उपचारका लागि सुर्खेत ल्याइएको हो।

सुर्खेत — सुत्केरी बेथाले पाँच दिनदेखि थलिएकी हुम्लाकी एक महिलालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

जिल्ला अस्पताल हुम्लामा रगतको अभाव भएपछि नाम्खा गाउँपालिका–३ की ३३ वर्षीया डिकी साङमु लामालाई शुक्रबार बिहान उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत ल्याइएको हो।

आमा र शिशुको ज्यान जोखिममा परेपछि विभिन्न निकायसँग समन्वय गरेर हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाकी अनमि सरिता बोहराले बताइन्। उनका अनुसार सुत्केरी बेथाले थलिएकी लामालाई रगत आवश्यक परे पनि जिल्ला अस्पतालमा उपलब्ध हुन सकेको थिएन।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तरगत उनलाई शुक्रबार उनको उद्धार गरिएको हो।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
विपद् उद्धारमा खटिने ‘साम्वा’सहित सशस्त्रका राष्ट्रसेवक कुकुरहरू सम्मानित

विपद् उद्धारमा खटिने ‘साम्वा’सहित सशस्त्रका राष्ट्रसेवक कुकुरहरू सम्मानित

विपद् उद्धारमा खटिने ‘साम्वा’सहित सशस्त्रका राष्ट्रसेवक कुकुरहरू सम्मानित १३ मिनेट अघि काठमाडौं : यमपञ्चकको दोस्रो दिन कुकुर तिहारको अवसरमा विपद् उद्धार तथा सुरक्षा व्यवस्थापनमा महत्त्वपूर्ण योगद...

#उद्धार
Compare →
Nagarik News
5d ago
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी-त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीको अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयासलाई समेटेर ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित भएको छ।

#उद्धार
Compare →
Onlinekhabar
5d ago
भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन

भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन

२२ कात्तिक, काठमाडौं । गत भदौमा आएको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएको नेपाल प्रहरीको लियो केनाइन (कुकुर) सर्वोत्कृट भएको छ । नेपालभरका प्रहरीका केनाइनहरूलाई पछि पार्दै लियो सर्वोत्कृट भएको हो । तिहारको दोस्रो दिन कुकुर …

#उद्धार
Compare →

Related Stories

Technology
Build #2611