अख्तियारले पोखरा विमानस्थल निर्माणमा ठेकदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना विरुद्ध ३ अर्ब ६२ कराेड बिगाे दाबी गरेकाे थियो ।
काठमाडौँ — पाेखरा विमानस्थलको अनियमिततासम्बन्धी मुद्दामा सरकारले चीनको एक्जिम बैंकसँग लिएको ऋण, भुक्तानी प्रक्रिया र त्यसको किस्तागत विवरण पेस गर्न विशेष अदालतले आदेश गरेकाे छ ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट ऋण र त्यसको भुक्तानी प्रक्रियाका सम्पूर्ण विवरण झिकाउन आदेश गरेको हो ।
अख्तियारले पोखरा विमानस्थल निर्माणमा ठेकदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना विरुद्ध ३ अर्ब ६२ कराेड बिगाे दाबी गरेकाे थियो ।