Trending
Prev Story
Next Story

एनपीएलले नेपाली क्रिकेटको मात्रै होइन पर्यटन क्षेत्रको प्रवर्द्धनमा पनि ठूलो भूमिका खेलेको छ : खेलकुदमन्त्री पोखरेल

Ekantipur •
November 06, 2026 • 10:02 AM
1
1 reads 0 reactions

एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्ट समिट २०२६ का अवसरमा उनले एनपीएलमा सहभागी सबै विदेशी खेलाडीलाई धन्यवाद पनि दिएका छन् । उनले विदेशी खेलाडीको उपस्थितिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुगेको बताए ।

एनपीएलले नेपाली क्रिकेटको मात्रै होइन पर्यटन क्षेत्रको प्रवर्द्धनमा पनि ठूलो भूमिका खेलेको छ : खेलकुदमन्त्री पोखरेल

एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्ट समिट २०२६ का अवसरमा उनले एनपीएलमा सहभागी सबै विदेशी खेलाडीलाई धन्यवाद पनि दिएका छन् । उनले विदेशी खेलाडीको उपस्थितिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुगेको बताए ।

काठमाडौं — खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल)ले नेपाली क्रिकेटको मात्रै नभइ पर्यटन क्षेत्रको विश्वभर प्रवर्द्धनमा गरिरहेको बताएका छन् । एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्ट समिट २०२६ का अवसरमा उनले यस्तो बताएका हुन् ।

उनले जारी क्रिकेट लिगले पछिल्लो समय आम दर्शकले माग गरिरहेको अवसरलाई समेटेको बताएका छन् । उनले लामो समयदेखि खेललाई प्रतिस्पर्धाका रुपमा मात्रै हेर्दै आए पनि यस्ता प्रतियोगिताले खेल इकोसिस्टमलाई समेत सहयोग गरिरहेको हुने बताए । उनले भने, 'खेल क्षेत्र बलियो बन्न, व्यापार र लगानीका हिसाबले पनि यस्ता प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने गर्छ । यस्ता कार्यक्रममले खेलसम्बन्धी हाम्रा धारणा परिवर्तन गर्न भूमिका मात्रै नखेल्ने नयाँ नयाँ अवधारणाको सुरुवात पनि गर्छ ।'

एनपीएलले यस्ता अवधारणलाई स्थापित गर्न सकिन्छ भन्ने विश्वास जगाएको उनले कार्यक्रममा बताए ।  पछिल्लो ३ वर्षदेखि आइपीएल नेपालमा मात्रै नभएर विश्वमै उदाहरणका रुपमा स्थापित भइरहेको उनको भनाइ छ । उनले भने,  'विश्व क्रिकेट समुदाय र समग्र खेल समुदाय नै नेपाली क्रिकेटको बारेमा चर्चा गरिरहेको पाएको छु । यसले नेपालमा क्रिकेटको ठूलो सम्भावन रहेको स्पष्ट पार्छ । अब यो क्रिकेटमा मात्रै सिमित हुन भएन । अन्य खेलहरूलाई पनि क्रिकेटमा जस्तै गरी हामीले साथ र सहयोग गर्न आवश्यक छ ।'

उनले एनपीएलमा सहभागी सबै विदेशी खेलाडीलाई धन्यवाद पनि दिएका छन् ।  उनले भने, 'तपाईहरूको उपस्थितिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धनमा धेरै सहयोग पुगेको छ ।'

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल
Compare →
Nagarik News
5h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल
Compare →
Arthasansar
9h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #मात्रै
Compare →
Bizshala
9h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#पर्यटन
Compare →

Related Stories

Sports
Build #2611