Trending
Prev Story
Next Story

अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोरको सकुशल उद्धार

Nagarik News •
November 12, 2026 • 12:47 PM
1
1 reads 0 reactions

विलियम नाम गरेका ती किशोर गत शुक्रबार एक साथीसँग क्याम्पिङका लागि मेलबर्नबाट करिब १८० किलोमिटर पूर्वमा रहेको जंगल क्षेत्रमा गएका बेला सम्पर्कविहीन भएका थिए।

अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोरको सकुशल उद्धार

अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित घना जंगलमा ६ दिनदेखि बेपत्ता रहेका १७ वर्षीय किशोर जीवितै फेला परेका छन्। लामो खोजी अभियानपछि बिहीबार बिहान उनलाई सकुशल उद्धार गरिएको हो।

विलियम नाम गरेका ती किशोर गत शुक्रबार एक साथीसँग क्याम्पिङका लागि मेलबर्नबाट करिब १८० किलोमिटर पूर्वमा रहेको जंगल क्षेत्रमा गएका बेला सम्पर्कविहीन भएका थिए।

रातको अत्यधिक चिसो तापक्रमका कारण उनको सुरक्षालाई लिएर प्रहरी तथा उद्धार टोली चिन्तित बनेका थिए। खोजी अभियानमा प्रहरीका तालिमप्राप्त कुकुर, गोताखोर र हेलिकप्टरसमेत परिचालन गरिएको थियो।

लामो खोजीपछि फेला परेका विलियमलाई उद्धारकर्मीले विशेष उपकरणको सहायताले सुरक्षित स्थानमा ल्याएका थिए। उद्धारपछि उनलाई डोनट र पानी दिइएको थियो भने स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो।

उनकी आमा एलिजाबेथ बार्कलीका अनुसार विलियमको शरीरमा केही सामान्य कोतारिएका दागबाहेक कुनै गम्भीर चोटपटक छैन। उनको स्वास्थ्य अवस्था सामान्य र राम्रो रहेको उनले बताइन्।

'ऊ एउटा स्थानमा बसेर उद्धार टोलीको प्रतीक्षा गरिरहेको रहेछ। छोरा जीवितै भेटिएकोमा म अत्यन्तै खुसी छु,' आमाले सञ्चारकर्मीसँग भनिन्।

उनले ठट्टा गर्दै अब छोरालाई जीवनभर घरबाहिर जान नदिने बताएकी छन्।

भिक्टोरिया प्रहरीका कार्यवाहक निरीक्षक जेसन बेन्बोले किशोरलाई जीवितै फेला पार्दा प्रहरी अधिकारीहरू भावुक बनेको बताए। उनले विलियमले जंगलमा बिताएका दिनहरूको अनुभवबारे चाँडै जानकारी दिने अपेक्षा गरिएको पनि उल्लेख गरे।

६ दिनसम्म जंगलमा बेपत्ता रहेका किशोर सकुशल भेटिएपछि उनको परिवार र उद्धार अभियानमा संलग्न टोलीले राहत महसुस गरेका छन्।

प्रकाशित: २६ कार्तिक २०८३ १८:३२ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोर जीवितै भेटिए

अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोर जीवितै भेटिए

अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता एक १७ वर्षीय किशोर जीवितै फेला परेका छन् । भिक्टोरिया राज्यको मेलबर्नबाट करिब १८० किलोमिटर पूर्वमा रहेको जंगलमा साथीहरूसँग क्याम्पिङ गर्न गएका विलियम (थर...

#जंगल #किशोर #अस्ट्रेलिया
Compare →
Onlinekhabar
11h ago
सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

वन व्यवस्थापनका साथै वन्यजन्तु उद्धार डिभिजन वन कार्यालय चितवनमा कार्यरत भएको एक वर्षभित्र हामीले सबैभन्दा धेरै प्राप्त गरेको फोन वन्यजन्तुको उद्धारका लागि हो। ठूला जनावरको सन्दर्भमा हामीले तत्काल चितवन राष्ट्रिय निकुञ्ज वा राष्ट्रिय प्रकृति संरक्षण कोष, …

#उद्धार
Compare →
Bizshala
2d ago
सजिलो कमाइको लोभ देखाएर किशोरलाई हत्यासम्म धकेल्दै फ्रान्स !

सजिलो कमाइको लोभ देखाएर किशोरलाई हत्यासम्म धकेल्दै फ्रान्स !

काठमाण्डौ । फ्रान्सको बन्दरगाह सहर मार्सेईमा सन् २०२२ मा एक महिलाले चरेस किनिन्। बेच्ने किशोरले लागूऔषधसँगै सुटुक्क...

#किशोर
Compare →

Related Stories

Politics & Governance
Build #2611