Trending
Prev Story
Next Story

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतको वृद्धि, अधिकांश वित्तीय सूचकमा सुधार

Arthasansar •
November 06, 2026 • 05:34 AM
1
1 reads 0 reactions

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको खुद नाफा उल्लेख्य सुधार भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत...

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतको वृद्धि, अधिकांश वित्तीय सूचकमा सुधार

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको खुद नाफा उल्लेख्य सुधार भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उछाल देखिएको हो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा ३० करोड ४८ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४२.६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ८८ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ अर्ब २० करोड २९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ रहेको थियो । यसअनुसार कम्पनीको सञ्चालन आम्दानी करिब २८.८ प्रतिशतले बढेको हो ।

कम्पनीको कुल नाफा पनि उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड ६२ लाख ७९ हजार रुपैयाँ रहेको कुल नाफा चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर ५६ करोड १६ लाख ७९ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको सञ्चालन नाफा १६ करोड ९१ लाख ५१ हजार रुपैयाँबाट बढेर ४० करोड ५७ लाख १५ हजार रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय खर्च भने घटेको छ। गत वर्षको सोही अवधिमा ८ करोड ७२ लाख ३५ हजार रुपैयाँ रहेको वित्तीय खर्च समीक्षा अवधिमा घटेर ४ करोड ३८ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको करअघिको नाफा ३६ करोड १८ लाख ४२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ८ करोड १९ लाख १६ हजार रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीले ५ करोड ६९ लाख ८२ हजार रुपैयाँ आयकर खर्च छुट्याएको छ ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६३ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ४८९ रुपैयाँ ५३ पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो

काठमाडौं – रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४२.५३ प्रतिशतले बढी हो । ...

#नाफा #रिलायन्स #स्पिनिङ
Compare →
Ekantipur
1w ago
नाफा बढेपछि रिलायन्स स्पिनिङको सेयर कारोबार उच्च, मूल्य पनि बढ्यो

नाफा बढेपछि रिलायन्स स्पिनिङको सेयर कारोबार उच्च, मूल्य पनि बढ्यो

बिहीबार यसको ११ करोड ९३ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।

#नाफा #रिलायन्स #स्पिनिङ
Compare →
Bizshala
1w ago
स्वाभिमान लघुवित्तको नाफामा २१६ प्रतिशतको छलाङ, ईपीएस नै ६६ रुपैयाँ

स्वाभिमान लघुवित्तको नाफामा २१६ प्रतिशतको छलाङ, ईपीएस नै ६६ रुपैयाँ

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड ५३ लाख ९६...

#नाफा #खुद #प्रतिशतको
Compare →
Onlinekhabar
5d ago
रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

२२ कात्तिक, काठमाडौं । १० भदौमा आएको रसुवा बाढीका कारण प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब २१ करोड लाग्ने देखिएको छ । राष्ट्रिय योजना आयोगको रसुवा–भाटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता …

#वित्तीय
Compare →
Nagarik News
5d ago
साउदीको वित्तीय क्षेत्रमा हुथीको आक्रमण, अरामकोमा क्षति

साउदीको वित्तीय क्षेत्रमा हुथीको आक्रमण, अरामकोमा क्षति

यमनका हुथी विद्रोहीले रियादलाई लक्षित गरी प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि घटना भएको हो।

#वित्तीय
Compare →

Related Stories

Business & Economy
Build #2611