Trending
Prev Story
Next Story

खस्किदै नेपाल लाइफको अवस्था, नाफामा २८ प्रतिशतको गिरावट, इपीएस समेत घट्यो

Arthasansar •
November 06, 2026 • 05:34 AM
1
1 reads 0 reactions

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अवस्था कमजोर बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय...

खस्किदै नेपाल लाइफको अवस्था, नाफामा २८ प्रतिशतको गिरावट, इपीएस समेत घट्यो

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अवस्था कमजोर बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा घटेको छ भने इपीएस समेत नकारात्मक अवस्थामा पुगेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा कम्पनीले १५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.७५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म कुल आम्दानी १०.३९ प्रतिशतले बढेर २० अर्ब २७ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी १८ अर्ब ३६ करोड ४१ लाख रुपैयाँ रहेको थियो । यसैगरी कम्पनीको कुल खर्च पनि ११.४३ प्रतिशतले बढेर १९ अर्ब २५करोड ९४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो खर्च १७ अर्ब २८ करोड ३७ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १०.०८ प्रतिशतले वृद्धि भई १४ अर्ब ७१ करोड ६४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । त्यस्तै कर्जा तथा लगानीबाट प्राप्त आम्दानी १४.३७ प्रतिशतले बढेर ४ अर्ब ५० करोड ५१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ९३ करोड ९२ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको जीवन बीमा कोषको आकार पनि १६.६९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म २ खर्ब ४५ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ रहेको जीवन बीमा कोष चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा २ खर्ब ८६ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको महाविपत्ति कोषमा ०.८३ प्रतिशत र सञ्चित मुनाफामा १६.२१ प्रतिशतको वृद्धि देखिएको छ ।

कम्पनीको व्यवसाय विस्तारतर्फ पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म २० लाख २ हजार ३५७ वटा बीमालेख रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म यस्तो संख्या बढेर २१ लाख ७९ हजार ८७१ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । गत वर्षको असोज मसान्तसम्म ९ रुपैयाँ ५५ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा घटेर ६ रुपैयाँ ४८ पैसामा सीमित भएको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ७८ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको चुक्ता पुँजी भने ९ अर्ब ४८ करोड २ लाख रुपैयाँमा स्थिर रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
5d ago
चन्द्रागिरि हिल्स घाटाबाट नाफामा फर्कियो, आम्दानी ३७ प्रतिशत बढ्दा कुल नाफाको मार्जिन घट्यो

चन्द्रागिरि हिल्स घाटाबाट नाफामा फर्कियो, आम्दानी ३७ प्रतिशत बढ्दा कुल नाफाको मार्जिन घट्यो

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।...

#नाफा #घट्यो
Compare →
Hamro Patro News
1w ago
एभरेष्ट बैंकको वितरणयोग्य मुनाफामा ठूलो गिरावट, खुद ब्याज आम्दानी र नेटवर्थमा पनि संकुचन

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफामा ठूलो गिरावट, खुद ब्याज आम्दानी र नेटवर्थमा पनि संकुचन

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार एभरेष्ट बैंक लिमिटेडको मुख्य वित्तीय सूचकहरूमा दबाब देखिएको छ । बैंकको निक्षेप तथा कर्जा विस्तारमा केही वृद्धि देखिए तापनि शेयरधनीह...

#वित्तीय #नाफा #गिरावट
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#नाफा
Compare →

Related Stories

National (Nepal)
Build #2611