Trending
Prev Story
Next Story

घाटाबाट नाफामा फर्कियो मेरो माइक्रोफाइनान्स लघुवित्त, इपीसय सहित अन्य सूचक कस्ता ?

Arthasansar •
November 06, 2026 • 05:34 AM
1
1 reads 0 reactions

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले घाटाबाट नाफामा पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार गत...

घाटाबाट नाफामा फर्कियो मेरो माइक्रोफाइनान्स लघुवित्त, इपीसय सहित अन्य सूचक कस्ता ?

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले घाटाबाट नाफामा पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार गत आवको तीन महिनामा नोक्सानीममा रहेको कम्पनी चालु आवमा भने साढे ८ करोड मािथको नाफामा पुगेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा ८ करोड ६६ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १ करोड २१ लाख ७७ हजार रुपैयाँ खुद घाटामा रहेको थियो । समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३८ करोड ५० लाख ७० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २४ करोड २६ लाख ३८ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, खुद ब्याज तथा कमिसन आम्दानी ४० करोड ८५ लाख २० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २६ करोड ३२ लाख ५३ हजार रुपैयाँ थियो ।

संस्थाको कुल सञ्चालन आम्दानी ४० करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ भने कर्जा तथा अन्य सम्भावित नोक्सानी व्यवस्थाका लागि ५ करोड ८२ लाख १ हजार रुपैयाँ छुट्याएको छ । यसपछि संस्थाको खुद सञ्चालन आम्दानी ३५ करोड ३ लाख १८ हजार रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा सञ्चालन खर्च २२ करोड ६५ लाख ७० हजार रुपैयाँ रहेको छ । जसबाट संस्थाले १२ करोड ३७ लाख ४७ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

कर प्रयोजनका लागि ३ करोड ७१ लाख २४ हजार रुपैयाँ छुट्याएपछि संस्थाको खुद नाफा ८ करोड ६६ लाख २३ हजार रुपैयाँ पुगेको हो । संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २३ रुपैयाँ ३१ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ईपीएस ३ रुपैयाँ ४३ पैसा ऋणात्मक थियो । वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको कुल सम्पत्ति १५ अर्ब ९२ करोड २४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा कुल सम्पत्ति २० अर्ब ६८ करोड ६७ लाख रुपैयाँ थियो । त्यस्तै, ग्राहकबाट संकलित निक्षेप ४ अर्ब ७१ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको अन्त्यमा यस्तो निक्षेप ४ अर्ब ६३ करोड ९३ लाख रुपैयाँ थियो ।

संस्थाले प्रवाह गरेको कर्जा तथा सापटी १५ अर्ब १२ करोड ७२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा १५ अर्ब २८ करोड ७३ लाख रुपैयाँ थियो । यसैगरी, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तथा सापटी ७ अर्ब ७९ करोड ६२ लाख रुपैयाँ कायम भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
11h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →
Bizshala
12h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#नाफा #लघुवित्त
Compare →
Hamro Patro News
15h ago
‘छ माया छपक्कै’को घाटा ‘छक्का पन्जा’बाट असुल्न खोज्यो भन्नेहरूलाई दीपकराजको जवाफ…

‘छ माया छपक्कै’को घाटा ‘छक्का पन्जा’बाट असुल्न खोज्यो भन्नेहरूलाई दीपकराजको जवाफ…

काठमाडौं । गत दशैंको छेकोमा प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ बक्स अफिसमा असफल भयो । यस चलचित्रबाट निर्माताले डेढ करोडको घाटा व्यहोर्नुपर्यो । चलचित्रका मुख्य अभिनेता दीपकराज गिरीले लामो स...

#घाटा
Compare →

Related Stories

Business & Economy
Build #2611