Trending
Prev Story
Next Story

तिहारका लागि राष्ट्र बैंकले कात्तिक १९ र २० गते सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने

Arthasansar •
November 04, 2026 • 05:04 AM
1
1 reads 0 reactions

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले तिहार पर्वलाई लक्षित गरी सुनका असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री खुला...

तिहारका लागि राष्ट्र बैंकले कात्तिक १९ र २० गते सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले तिहार पर्वलाई लक्षित गरी सुनका असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री खुला गर्ने भएको छ। टक्सार महाशाखा बबरमहलबाट आगामी कात्तिक १९ र २० गते दुई दिन यी असर्फी र मेडालियन बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार सर्वसाधारणले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी १ थान र १० ग्रामको चाँदीको मेडालियन (लक्ष्मी र गणेश अंकित) बढीमा २ थानसम्म (१/१ थानका दरले) खरिद गर्न पाउनेछन्। बिक्री कार्य तोकिएका दिनहरूमा बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म पङ्क्तिबद्ध (लाइनमा बसेका) सेवाग्राहीहरूलाई मौज्दात कायम रहेसम्म गरिनेछ।

असर्फी तथा मेडालियन खरिद गर्न चाहने सेवाग्राहीले आफ्नो नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य कुनै आधिकारिक प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। खरिदका लागि भुक्तानी नगद वा QR कोडमार्फत गर्न सकिने व्यवस्था मिलाइएको छ। सुन तथा चाँदीको मूल्य दैनिक रूपमा बिहान करिब ११ बजेपछि मात्र निर्धारण हुने भएकाले मूल्य तय भएपश्चात् बिक्री सुरु गरिने टक्सार महाशाखाले जनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
10h ago
तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र...

#सुन #चाँदी #तिहार
Compare →
Ekantipur
12h ago
२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

सुनको भाउ तोलामा रु २७१,७०० र चाँदीको भाउ रु ३,७०० — आजको भाउ सार्वजनिक।

#सुन #चाँदी
Compare →
Nagarik News
13h ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#सुन #तिहार #चाँदी
Compare →
Onlinekhabar
13h ago
तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार …

#सुन #तिहार
Compare →
Hamro Patro News
11h ago
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो

सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि शुक्रबार सुन र चाँदीको भाउमा गिरावट आएको छ । यसदिन सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी ...

#सुन
Compare →

Related Stories

Business & Economy
Build #2611