Trending
Prev Story
Next Story

सोमपालले ‘प्लेयर अफ द म्याच’ को पुरस्कार सडकका जनावरको संरक्षणमा दिने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions 4 comments

१३ कात्तिक, काठमाडौं । कर्णाली याक्सका सोमपाल कामीले प्लेयर अफ द म्याचबापत प्राप्त पुरस्कार रकम सडकमा रहेका जनावरको संरक्षणमा खर्च गर्ने घोषणा गरेका छन्। सोमपालले सामाजिक सञ्जालमार्फत पुरस्कारबापत प्राप्त शतप्रतिशत रकम सृजना ठकुरीलाई सहयोग गर्ने बताएका …

सोमपालले ‘प्लेयर अफ द म्याच’ को पुरस्कार सडकका जनावरको संरक्षणमा दिने

१३ कात्तिक, काठमाडौं । कर्णाली याक्सका सोमपाल कामीले प्लेयर अफ द म्याचबापत प्राप्त पुरस्कार रकम सडकमा रहेका जनावरको संरक्षणमा खर्च गर्ने घोषणा गरेका छन्।

सोमपालले सामाजिक सञ्जालमार्फत पुरस्कारबापत प्राप्त शतप्रतिशत रकम सृजना ठकुरीलाई सहयोग गर्ने बताएका हुन्। उक्त रकम सडकमा रहेका जनावरको संरक्षण र सहयोगमा प्रयोग गरिने उनले उल्लेख गरेका छन्।

उनले बिहीबार भएको विराटनगर किङ्ससँगको खेलमा गरेको प्रदर्शनलाई व्यक्तिगत उपलब्धिभन्दा टोलीको जितसँग जोड्दै कर्णाली याक्सका लागि योगदान दिन पाउनु आफ्नो लागि विशेष रहेको बताएका छन्।

कठिन परिस्थितिमा पनि आफूलाई प्रमाणित गर्न पाएको उल्लेख गर्दै उनले आफूलाई विश्वास गर्ने टोली र समर्थकप्रति आभार व्यक्त गरेका छन्।

कर्णालीको जर्सी लगाएर टोलीका लागि खेल्न पाउनु सम्मानको विषय भएको बताउँदै सोमपालले आफ्नो सफलतालाई सामाजिक सेवासँग जोड्न पाउँदा खुसी लागेको बताएका छन्।

सोमपाल कामीको शानदार प्रदर्शनमा कर्णाली याक्सले विराटनगर किङ्समाथि उत्कृष्ट पुनरागमन जित हासिल गरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
भारतीय कांग्रेसको चन्दामा ७५ प्रतिशतले गिरावट

भारतीय कांग्रेसको चन्दामा ७५ प्रतिशतले गिरावट

नयाँ दिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसलाई प्राप्त हुने चन्दा रकममा करिब ७५ प्रतिशतको ठुलो गिरावट आएको छ । निर्वाचन आयोगमा पार्टीले बुझाएको विवरणअनुसार २०२५/२६ मा पार्ट...

#रकम #प्राप्त
Compare →
Nagarik News
6h ago
गुरुकुल शिक्षाको संरक्षण र आधुनिकीकरणका लागि गण्डकी प्रदेशस्तरीय सम्मेलन हुँदै

गुरुकुल शिक्षाको संरक्षण र आधुनिकीकरणका लागि गण्डकी प्रदेशस्तरीय सम्मेलन हुँदै

गुरुकुल शिक्षाको संरक्षण, संवर्द्धन, गुणस्तर अभिवृद्धि र युगानुकूल रूपान्तरणका लागि गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन हुने भएको छ।

#संरक्षण
Compare →
Ekantipur
4d ago
सोमपाल दुर्लभ आउट

सोमपाल दुर्लभ आउट

कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग क्रिकेटमा दुर्लभ आउट भएका छन् । उनलाई सोमबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट दिइएको थियो ।

#सोमपाल
Compare →

Related Stories

Sports
Build #2611