Trending
Prev Story
Next Story

मलेसियाको सूचीमा परेका म्यानपावर व्यवसायी सम्पर्कविहीन

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) सूचीमा रहेका नेपाली म्यानपावर व्यवसायीहरू सम्पर्कविहीन भएका छन् । उक्त सूचीमा परेका म्यानपावर व्यवसायीमाथि वैदेशिक रोजगार विभागले अनुसन्धान थालेपछि उनीहरू सम्पर्कविहीन बनेका हुन् । मलेसियाले एफडब्लूसीएमएस …

मलेसियाको सूचीमा परेका म्यानपावर व्यवसायी सम्पर्कविहीन

१३ कात्तिक, काठमाडौं । मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) सूचीमा रहेका नेपाली म्यानपावर व्यवसायीहरू सम्पर्कविहीन भएका छन् ।

उक्त सूचीमा परेका म्यानपावर व्यवसायीमाथि वैदेशिक रोजगार विभागले अनुसन्धान थालेपछि उनीहरू सम्पर्कविहीन बनेका हुन् ।

मलेसियाले एफडब्लूसीएमएस प्रणालीमा नेपालका २५ म्यानपावरलाई मुख्य (प्रिन्सिपल) र २ सय ५० म्यानपावरलाई सहायक (एसोसिएट एजेन्सी) का रूपमा सूचीकृत गरेको थियो ।

उनीहरू मार्फत मात्रै श्रमिक पठाउन पाउने व्यवस्था गरिएको थियो । निश्चित म्यानपावरबाट मात्रै श्रमिक पठाउन पाउने गरी सूचीकृत भएपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले विभागलाई उनीहरूमाथि अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

सोही आधारमा विभागले स्पष्टीकरण सोधेको थियो । त्यसपछि विभागले २५ म्यानपावरलाई अनुसन्धानका लागि अनुसन्धान अधिकृत नै तोकेर थप छानबिन थालेको थियो । अनुसन्धान अधिकृत मार्फत उनीहरूलाई बयानका लागि बोलाइएको थियो ।

विभागले वैदेशिक रोजगार न्यायाधीकरणबाट २५ म्यानपावर व्यवसायीलाई पक्राउ गर्न अनुमति लिएको थियो । सोही आधारमा ट्रस्ट नेपाल म्यानपावर सञ्चालक रविन गुरुङ पक्राउ परेका थिए । उनी पक्राउ परेसँगै अन्य म्यानपावर व्यवसायी सम्पर्कविहीन भएका हुन् ।

एक म्यानपावर व्यवसायीका अनुसार पक्राउ पुर्जी नै जारी भएपछि अन्य व्यवसायी सम्पर्कविहीन भएका हुन् । ‘अहिले नेपालमा छैनन्, कोही भारत गए भन्ने सुनेको छु,’ उनले भने, ‘कोही मलेसिया नै पुगे भन्ने छ, नेपालका कोही पनि छैनन् ।’

पक्राउ परेका गुरुङ सर्वोच्चको आदेशपछि हिरासतमुक्त भएका छन् । श्रममन्त्री रामजी यादवले २८ असोजमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई मन्त्रालय बोलाएर उक्त सूचीमा परेका सबै म्यानपावर व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

गुरुङलाई २९ असोजमा पक्राउ गरेर हिरासतमा राखिएको थियो । पक्राउ विरुद्ध गुरुङका तर्फबाट अधिवक्ता उद्धवकुमार कार्कीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए ।

सर्वोच्चले थुना प्रारम्भबाटै गैरकानुनी, क्षेत्राधिकारविहीन र त्रुटिपूर्ण रहेको ठहर गर्दै नेपालको संविधानको धारा १३३ (२) बमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको थियो ।

अन्य मुद्दामा कानुन बमोजिम हिरासतमा राख्नुपर्ने बाहेक उक्त मुद्दाको विधिबाट गुरुङलाई थुनामुक्त गर्न वैदेशिक रोजगार विभाग मार्फत प्रहरी वृत्त कालिमाटीलाई लेखी पठाउन आदेश जारी गरेको थियो ।

पक्राउ परेका गुरुङसँग विभागले बयान लिएको थियो । अन्य म्यानपावर व्यवसायीको भने बयान लिने काम जारी रहेको विभागले जनाएको छ । तर, म्यानपावर व्यवसायी भने सम्पर्कविहीन छन् ।

विभागले न्यायाधीकरणबाट पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन भन्दै सूचना जारीसमेत गरेको छ । उक्त अवधिमा सम्पर्कमा नआए उनीहरूको बैंकिङ कारोबार रहेको खाता तथा यात्रा अनुमति रोक्का राख्ने लगायत आवश्यक अन्य कानुनी प्रक्रिया अघि बढाउने विभागले चेतावनी दिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
पन्जाब विधानसभा चुनाव : आम आदमी पार्टीद्वारा उम्मेदवारहरूको दोस्रो सूची सार्वजनिक

पन्जाब विधानसभा चुनाव : आम आदमी पार्टीद्वारा उम्मेदवारहरूको दोस्रो सूची सार्वजनिक

पन्जाब । आम आदमी पार्टी (आप) ले बिहीबार सन् २०२७ को पन्जाब विधानसभा चुनावको लागि ३१ उम्मेदवारहरूको दोस्रो सूची सार्वजनिक गरेको छ । आम आदमी पार्टीका केन्द्रीय सचिव पंकजकुमार गुप्ताले सो कुराको जानक...

#सूची
Compare →
Bizshala
3d ago
एनभिडियाको सेयर खस्दा हुआङको सम्पत्ति ६ अर्ब ८० करोड डलर घट्यो, धनी सूचीमा दसौं स्थानमा

एनभिडियाको सेयर खस्दा हुआङको सम्पत्ति ६ अर्ब ८० करोड डलर घट्यो, धनी सूचीमा दसौं स्थानमा

काठमाण्डौ । एआई चिप निर्माता एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको अनुमानित खुद सम्पत्ति ६...

#सूची
Compare →
Nagarik News
5d ago
भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिक

भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिक

सार्वजनिक विवरणअनुसार जुम्लाका ६३ जनाको बेपत्ता सूचीमा विवरण सार्वजनिक गरिएको हो।

#सूची
Compare →

Related Stories

Business & Economy
Build #2611