काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का लागि अमेरिकी पत्रिका 'टाइम' (Time) ले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। जलवायु परिवर्तन तथा दिगो आर्थिक विकासका क्षेत्रमा उल्लेखनीय योगदान र सशक्त पैरवी गरेबापत उनलाई यो सूचीमा समावेश गरिएको हो।
विशेष गरी रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायका लागि गरेको जोडदार आवाज, जलवायु वित्त (Climate Finance) जुटाउन खेलेको भूमिका तथा अन्तर्राष्ट्रिय प्रणाली सुधारसम्बन्धी उनका विचारहरूलाई टाइम पत्रिकाले सूचीमा पर्नुको मुख्य आधार बनाएको छ।
Read full story at source ( nepalviews.com )