कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग क्रिकेटमा दुर्लभ आउट भएका छन् । उनलाई सोमबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट दिइएको थियो ।
काठमाडौँ — कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग क्रिकेटमा दुर्लभ आउट भएका छन् । उनलाई सोमबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट दिइएको थियो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा खेलको १५ औं ओभरमा विपिन खत्रीको बलमा ठुलो शट प्रहार गर्न खोजेको थिए । तर बल उनको ब्याटमा लागेर उनकै अगाडी लागेको थियो । त्यही मौकामा निराश सोमपालले पुनः ब्याट घुमाउदा बलमा लागेको थियो ।
पोखराका फिल्डरहरुले त्यसमा अपिल गरेका थिए । अनफिल्ड अम्पायरले त्यसमा थर्ड अम्पायरको सहायतामा सोमपाललाई आउट दिएको थियो ।