Trending
Prev Story
Next Story

नेपालले कोप–३१ मा राष्ट्रिय पेभिलियन उद्‍घाटन गर्दै उठायो जलवायु न्यायको मुद्दा

Ekantipur •
November 09, 2026 • 10:32 AM
1
1 reads 0 reactions

टर्कीको अन्ताल्यामा आयोजित सम्मेलनमा नेपालले हिमाली पारिस्थितिक प्रणालीको जोखिम उजागर गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आह्वान गरेको छ ।

नेपालले कोप–३१ मा राष्ट्रिय पेभिलियन उद्‍घाटन गर्दै उठायो जलवायु न्यायको मुद्दा

टर्कीको अन्ताल्यामा आयोजित सम्मेलनमा नेपालले हिमाली पारिस्थितिक प्रणालीको जोखिम उजागर गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आह्वान गरेको छ ।

अन्ताल्या (टर्की) — नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा सोमबार राष्ट्रिय पेभिलियन उद्‍घाटन गरेको छ । टर्कीको अन्ताल्यामा आयोजित सम्मेलनमा नेपालले हिमाली पारिस्थितिक प्रणालीको जोखिम उजागर गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आह्वान गरेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल पेभिलियन उद्‍घाटन गरेका हुन् । पेभिलियनमा नेपालको जलवायु महत्वाकांक्षा, जैविक विविधता संरक्षणका उपलब्धि र समुदायस्तरमा भइरहेका अनुकूलनका प्रयास प्रदर्शन गरिएका छन् ।

उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले विशेषगरी हिमाली क्षेत्रमा हिउँ र हिमनदीसँग सम्बन्धित जोखिम बढ्दै गएको भन्दै त्यसतर्फ विश्व समुदायको ध्यानाकर्षण गराए ।

हालैको भोटेकोशी विपद्लाई 'हिमालयन सुनामी' को संज्ञा दिँदै उनले नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा अग्रपंक्तिमा रहेका मुलुकले असमानुपातिक असर भोग्नुपरेको बताए । उनले जलवायु न्याय, हानि तथा नोक्सानी सम्बोधनका लागि सहज वित्तीय पहुँच र हिमाली क्षेत्रको उत्थानशीलता बढाउन अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्नुपर्नेमा जोड दिए । यसले तल्लो तटीय क्षेत्रको सुरक्षामा समेत योगदान पुर्‍याउने उनको भनाइ थियो ।

समारोहमा स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता, प्रतिनिधिसभा सदस्य सागर ढकाललगायतले पनि सम्बोधन गरेका थिए । नेपाल पेभिलियनले जलवायु परिवर्तनका चुनौती, अनुकूलनका प्रयास र अन्तर्राष्ट्रिय जलवायु वार्तामा नेपालको प्राथमिकता प्रस्तुत गर्ने मञ्चका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
9h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #सम्मेलन #कोप
Compare →
Nagarik News
5h ago
पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

सम्मेलनको मूल कार्यक्रम र साइडलाइन छलफलमा नेपालका पाँच मन्त्री सहभागी भएपछि उनीहरूको उपस्थितिसँगै त्यहाँ उठाइएका विषय र सहभागिताको औचित्यबारे पनि चर्चा सुरु भएको छ।

#जलवायु #सम्मेलन #कोप
Compare →
Onlinekhabar
6h ago
जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

२७ कात्तिक, काठमाडौं । टर्कीएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । टर्कीएको अन्ताल्यास्थित सम्मेलन केन्द्र परिसरमा विश्वभरिबाट आएका नागरिक समाजका प्रतिनिधि तथा प्रदर्शनकारीहरूले जलवायु सङ्कटको …

#जलवायु #सम्मेलन #न्याय
Compare →
Hamro Patro News
7h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा ...

#जलवायु #कोप #न्याय
Compare →

Related Stories

Science & Climate
Build #2611