Trending
Prev Story
Next Story

इलाम–झापा फास्ट ट्र्याकको ठेक्का तोड्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

Nagarik News •
November 23, 2026 • 03:09 PM
1
1 reads 0 reactions

उच्च अदालत पाटनले ठेक्का तोड्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय मुद्दाको फैसला नभएसम्म कार्यान्वयन नगर्न आदेश दिएको हो।

इलाम–झापा फास्ट ट्र्याकको ठेक्का तोड्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

इलाम–झापा फास्ट ट्र्याक (केचना–कञ्चनजंघा सडक) को बेलासे–रक्से–गोलाखर्क खण्डको ठेक्का तोड्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ। उच्च अदालत पाटनले ठेक्का तोड्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय मुद्दाको फैसला नभएसम्म कार्यान्वयन नगर्न आदेश दिएको हो।

न्यायाधीशद्वय श्रीधरकुमारी पुडासैनी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। इलामस्थित डिभिजन सडक कार्यालयले गत कात्तिक १२ गते ठेक्का तोड्ने सूचना प्रकाशित गरेपछि निर्माण कम्पनी खड्का–कृष्ण सक्षम जेभीले त्यसविरुद्ध अदालतमा रिट दायर गरेको थियो। निर्माण कम्पनीको निवेदनमा सोमबार सुनुवाइ गर्दै अदालतले ठेक्का तोड्ने निर्णय तथा धरौटी जफत गर्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्न गरेको सिफारिस मुद्दाको फैसला नभएसम्म कार्यान्वयन नगर्न भनेको हो।

साढे नौ किलोमिटर लामो उक्त सडकमा कालोपत्रेसम्मको काम गर्न २०७८ असार २९ गते दुई वर्ष अवधिको ठेक्का लागेको थियो। २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा ठेक्का लागेको उक्त सडकको काम २०८३ सालको कात्तिकसम्म आइपुग्दा ४५.२८ प्रतिशत मात्रै भएको थियो। पटक–पटक म्याद थप्दा र लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माण कम्पनीले आफ्नो प्रतिबद्धताअनुसार काम गर्न नसकेको भन्दै डिभिजनले ठेक्का रद्द गरेको थियो।

डिभिजनका अनुसार प्रारम्भिक रूपमा ३० महिनामा सक्नुपर्ने कामका लागि ३३ महिना म्याद थप गरी कुल ६३ महिनाको समय दिइएको थियो। ठेक्का तोडिएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले तुरुन्तै नयाँ ठेक्का प्रक्रियामा जाने प्रतिबद्धता जनाएका थिए। गत असारमा इलाम आएका मन्त्री लम्सालले यस खण्डको ठेक्का तोड्न निर्देशन दिएका थिए। उनको निर्देशनअनुसार सडक डिभिजनले सडक विभागमा फाइलसमेत पठाएको थियो।

तर, निर्माण व्यवसायीले वर्षौँसम्म काम अलपत्र राखेपछि पनि चाँडै काम सक्ने लिखित प्रतिबद्धता गरेकाले डिभिजनले असोज मसान्तसम्मको म्याद राखेर ‘अन्तिम मौका’ दिएको थियो।

निर्माण व्यवसायीको प्रतिबद्धताअनुसार २० दिनमा सडक हिलोरहित बनाउने र असोज मसान्तसम्म कालोपत्रे गर्ने योजना थियो। तर, थपिएको पूरा अवधिमा पनि सामान्य हिलो पुर्नेबाहेक सडकको अरू काम भएको छैन। मेची राजमार्गको राजदुवाली खण्ड पहिरोका कारण वर्षायाममा प्रायः बन्द हुने, अन्य विकल्पसमेत नभएको र विकल्पका रूपमा रहेको यही सडक पनि निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र हुँदा इलाम, पाँचथर र ताप्लेजुङवासीले चरम समस्या भोगिरहेका छन्।

तस्बिर : निर्माणाधीन केचना–कञ्चनजंघा सडकको बेलासे–रक्से–गोलाखर्क खण्ड।

प्रकाशित: ७ मंसिर २०८३ २०:५४ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
13h ago
फास्ट ट्र्याक निर्माण लम्बिनेमा इलामवासी चिन्तित, छिटो नयाँ ठेक्कामा जान माग

फास्ट ट्र्याक निर्माण लम्बिनेमा इलामवासी चिन्तित, छिटो नयाँ ठेक्कामा जान माग

इलाम, पाँचथर र ताप्लेजुङको ‘कोशेढुंगा’ हुने आशा गरिएको मेची करिडोर (केचना–कञ्चनजंघा सडक)को काम वर्षौं अलपत्र पारेका निर्माण व्यवसायी अदालत गएपछि निर्माणप्रक्रिया पुनः लम्बिने सम्भावना देखिएको छ। २ ...

#ठेक्का #इलाम #फास्ट
Compare →
Ekantipur
5d ago
प्रमुख प्रशासकीय अधिकृतको सरुवा कार्यान्वयन नगर्ने गाउँपालिकाको आर्थिक अधिकार रद्द

प्रमुख प्रशासकीय अधिकृतको सरुवा कार्यान्वयन नगर्ने गाउँपालिकाको आर्थिक अधिकार रद्द

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा कार्यान्वयन नगरेपछि आर्थिक जिम्मेवारी रद्द गरेको हो ।

#कार्यान्वयन #नगर्न
Compare →
Bizshala
11h ago
सुदूरपश्चिममा विकास बजेट खर्च गर्नै सकस, ३७ अर्बको बजेट कार्यान्वयनमा राजनीतिक विवाद बाधक

सुदूरपश्चिममा विकास बजेट खर्च गर्नै सकस, ३७ अर्बको बजेट कार्यान्वयनमा राजनीतिक विवाद बाधक

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा पूरक बजेट ल्याउने प्रक्रिया अन्योलमा परेको...

#कार्यान्वयन
Compare →
Onlinekhabar
3d ago
नेपाल-भारत सहमति कार्यान्वयनका लागि उच्चस्तरीय अनुगमन समूह सक्रिय पारिने

नेपाल-भारत सहमति कार्यान्वयनका लागि उच्चस्तरीय अनुगमन समूह सक्रिय पारिने

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका महत्त्वपूर्ण सहमति, समझदारी तथा परियोजनाहरूको शीघ्र कार्यान्वयनका लागि नेपाल र भारतले उच्चस्तरीय अनुगमन संयन्त्रलाई सक्रिय बनाउने भएका छन्। भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत …

#कार्यान्वयन
Compare →
Arthasansar
5d ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।...

#आदेश
Compare →

Related Stories

Business & Economy
Build #2612