Trending
Prev Story
Next Story

प्रमुख प्रशासकीय अधिकृतको सरुवा कार्यान्वयन नगर्ने गाउँपालिकाको आर्थिक अधिकार रद्द

Ekantipur •
November 18, 2026 • 10:32 AM
2
2 reads 0 reactions

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा कार्यान्वयन नगरेपछि आर्थिक जिम्मेवारी रद्द गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृतको सरुवा कार्यान्वयन नगर्ने गाउँपालिकाको आर्थिक अधिकार रद्द

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा कार्यान्वयन नगरेपछि आर्थिक जिम्मेवारी रद्द गरेको हो ।

काठमाडौँ — प्रमुख प्रशासकीय अधिकृतको सरुवा कार्यान्वयन नगरेको भन्दै सरकारले कालिकोटको सान्नी त्रिवेणी गाँउपालिकाको आर्थिक अधिकार रद्द गरेको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा कार्यान्वयन नगरेपछि आर्थिक जिम्मेवारी रद्द गरेको हो ।

मन्त्रालय पठाएको नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी गर्न नदिएको र पालिकामा यसअघि कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको ठाउँमा नपठाएको भन्दै सान्नि त्रिवेणी गाउँपालिकाको अधिकार रद्द गरिएको हो ।

मन्त्रालयको स्थानीय कर्मचारी प्रशासन शाखाले कोष तथा लेखा नियन्त्रण कार्यालय कालिकोटलाई पत्र लेखेर सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको हो ।

मन्त्रालयले सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी सोहि पालिकामै कार्यरत रहेको र नयाँ जिम्मेवारीमा पठाएको कर्मचारीलाई हाजिरी गर्न नदिएको भन्दै आर्थिक जिम्मेवारी रद्द गरिएको हो ।

मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन पनि निर्देशन दिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
21h ago
अर्थमन्त्रीको निर्देशनपछि भन्सार विभागले गरेको ६९ अधिकृत र २०३ नासुको सरुवा रद्द

अर्थमन्त्रीको निर्देशनपछि भन्सार विभागले गरेको ६९ अधिकृत र २०३ नासुको सरुवा रद्द

१ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशनपछि भन्सार विभाग मातहत २ सय ७२ अधिकृत र नायबसुब्बा (नासु) को सरुवा रद्द भएको छ । भन्सार विभागले २० कात्तिकमा ६९ अधिकृत र २ सय ३ नायबसुब्बाको …

#अधिकृत #सरुवा #रद्द
Compare →
Nagarik News
4h ago
मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नभएपछि सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक अधिकार रद्द

मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नभएपछि सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक अधिकार रद्द

मन्त्रालयले सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी सोही पालिकामै बसेपछि खाता रोक्का गरेको हो।

#सरुवा #कार्यान्वयन #गाउँपालिका
Compare →
Hamro Patro News
2h ago
स्वास्थ्य मन्त्रालयअन्तर्गतका पदाधिकारीको सरुवा

स्वास्थ्य मन्त्रालयअन्तर्गतका पदाधिकारीको सरुवा

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका विभिन्न महाशाखा तथा स्वास्थ्य संस्थामा कार्यरत पदाधिकारीको सरुवा गर्दै जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले उपचारात्मक सेवा महाशाखा, स्वास्थ्य आ...

#सरुवा
Compare →
Bizshala
2d ago
अमेरिकामा फेरि हजारौँ उडान रद्द, के हो कारण ?

अमेरिकामा फेरि हजारौँ उडान रद्द, के हो कारण ?

काठमाडौं । अमेरिकामा देशभरका उडान रोक्ने निर्णय गरिएको दुई दिन बितिसक्दा पनि हवाई यातायात सेवा सामान्य अवस्थामा फर्किन...

#रद्द
Compare →

Related Stories

World News
Build #2612