Trending
Prev Story
Next Story

अब तपाईं हाम्रो घर छेउको मासु पसलमा पनि परीक्षण गरेको मासु पाइन्छ त ? ५ प्रश्नोउत्तरमा बुझ्नुहोस्

Ekantipur •
November 17, 2026 • 01:32 PM
1
1 reads 0 reactions

ऐन कार्यान्वयनमा आएपछि पशु वध गर्नुअघि र पछि मासुको परीक्षण कसरी हुन्छ ? उपभोक्ताले परीक्षण भएको हो कि होइन भनेर कसरी थाहा पाउने ? तपाईं हाम्रो घर छेउका मासु पसलमा पनि परीक्षण गरिएका मासु पाइन्छ त ? यस्तै जिज्ञासालाई ५ प्रश्नोउत्तरमा बुझाउने कोसिस गरेका छौं ।

अब तपाईं हाम्रो घर छेउको मासु पसलमा पनि परीक्षण गरेको मासु पाइन्छ त ? ५ प्रश्नोउत्तरमा बुझ्नुहोस्

ऐन कार्यान्वयनमा आएपछि पशु वध गर्नुअघि र पछि मासुको परीक्षण कसरी हुन्छ ? उपभोक्ताले परीक्षण भएको हो कि होइन भनेर कसरी थाहा पाउने ? तपाईं हाम्रो घर छेउका मासु पसलमा पनि परीक्षण गरिएका मासु पाइन्छ त ? यस्तै जिज्ञासालाई ५ प्रश्नोउत्तरमा बुझाउने कोसिस गरेका छौं ।

काठमाडौँ — काठमाडौं उपत्यकाका ३ जिल्लामा मंगलबारदेखि मासु जाँच ऐन लागू भएको छ । ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनको पहिलो दिन उपत्यकाका ५ स्थानमा कुखुरा र राँगाको मासु निरीक्षण गरी उपभोगयोग्य छाप लगाइएको छ । ऐन कार्यान्वयनमा आएपछि पशु वध गर्नुअघि र पछि मासुको परीक्षण कसरी हुन्छ ? उपभोक्ताले परीक्षण भएको हो कि होइन भनेर कसरी थाहा पाउने ? तपाईं हाम्रो घर छेउका मासु पसलमा पनि यस्ता परीक्षण गरिएका मासु पाइन्छ त ? यस्तै जिज्ञासालाई ५ प्रश्नोउत्तरमा बुझाउने कोसिस गरेका छौं ।

१. मासु जाँच ऐन भनेको के हो र यो कुन–कुन ठाउँमा लागू भएको हो ?

२८ वर्षअघि नै पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ जारी भए पनि अहिले कडाइका साथ कार्यान्वयनमा ल्याइएको हो । सरकारले गत १ भदौमा नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ऐन कार्यान्वयनमा आएको घोषणा गरेको थियो । अहिले सुरुवाती चरणमा उपत्यकाका ३ जिल्लामा ऐन लागू भएको छ । सुरुवातमा उपत्यकामा लागू गरिएको ऐन १ साउन २०८४ सम्म देशभर कार्यान्वयनमा ल्याउने कृषि, वन तथा पर्यावरण मन्त्रालयको सरकारी तयारी छ ।

२. पशु वध गर्नुअघि र वधपछि मासुको के–के परीक्षण गरिन्छ ?

बधशालामा पशु वध गर्नुअघि शारीरिक परीक्षण गरिन्छ । जसमा सुकेनास वा अन्य रोगको परीक्षण गरिन्छ । वधपछि पनि मासुमा रोग र कीटाणुको परीक्षण गरिन्छ । यो परीक्षण सरकारले तोकेको मासु निरीक्षकले गर्नेछन् ।

अहिले यो व्यवस्था सबै खुद्रा पसलमा लागू भइसकेको छैन । त्यसैले केही ठूला मासु प्रशोधन कम्पनीले मात्रै यो व्यवस्था कार्यान्वयन गरेका छन् । त्यसैले लेबलिङ गरिएको वा प्याकेटमा पाइने मासुमा लगाइएको नीलो रङ हेर्नुपर्छ ।

३. ऐन कार्यान्वयनको जिम्मेवारी कसको हो र देशभर कहिलेदेखि लागू हुन्छ ?

स्थानीय सरकार सञ्चालन ऐनअनुसार पनि यसको मुख्य जिम्मेवारी स्थानीय तहलाई तोकिएको छ । यद्यपि, अहिले स्थानीय तहले यो ऐन कार्यान्वयन गरेको देखिँदैन । हाल कृषि, वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र प्रदेश कार्यालयले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ मा भएका व्यवस्था कार्यान्वयन गराउन थालेका छन् ।

४. स-साना मासु पसलले खुद्रा रूपमा पनि मासु बेच्छन् । यो प्रक्रियाले त्यहाँको स्वच्छता कायम गर्छ ?

यो ऐनअनुसार इजाजतपत्र लिएका व्यवसायीले मात्रै मासु बेच्न पाउँछन् । पशु सेवा विभागका अनुसार अब इजाजत नभएका खुद्रा पसलले मासु काट्न (प्रशोधन गर्न) पाउँदैनन् । तर उनीहरूले बधशालामा परीक्षण भएको छापयुक्त मासु भने बेच्न पाउँछन् । सरकारी मासु निरीक्षकले एकभन्दा धेरै मासु पसल निरीक्षण गर्न सक्छन् । इजाजतपत्र नलिएका व्यवसायीलाई कारबाही वा सचेत गराउने पशु सेवा विभागले बताएको छ ।

५. छापमा नीलो मसी देखिन्छ । त्यो कस्तो रङ हो ? त्यसले स्वास्थ्यमा प्रभाव त पार्दैन ?

पशु सेवा विभागका अनुसार नीलो रङ भेटेरिनरीको प्रतीक हो । मासुमा प्रयोग गरिएको रङ अन्तर्राष्ट्रिय स्तरको हो । यो रङ खानयोग्य हुन्छ । विभागका वरिष्ठ पशु चिकित्सक नवराज श्रेष्ठका अनुसार यसले स्वास्थ्यमा कुनै प्रभाव पार्दैन ।

प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
5h ago
आजदेखि उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन थालियो

आजदेखि उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन थालियो

कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु बधशाला तथा मासु जाँच ऐनको कार्यान्वयन सुरु गरेको छ।

#मासु #कार्यान्वयन #पशु
Compare →
Hamro Patro News
5h ago
मासु जाँच ऐन लागू, उपत्यकामा एकै दिन ४३ हजार किलो परीक्षण

मासु जाँच ऐन लागू, उपत्यकामा एकै दिन ४३ हजार किलो परीक्षण

मासु जाँच ऐन लागू, उपत्यकामा एकै दिन ४३ हजार किलो परीक्षण वधशालामा पशु वध गर्नुअघि स्वास्थ्य परीक्षण र वधपछि पनि मासु परीक्षण गरेर उपभोगयोग्य छाप लगाई बिक्री गर्ने व्यवस्था छ । मंसिर १, २०८३ प्र...

#मासु #परीक्षण
Compare →
Bizshala
10h ago
काठमाडौं उपत्यकामा आजदेखि पशु वधशाला तथा मासु जाँच ऐन लागू

काठमाडौं उपत्यकामा आजदेखि पशु वधशाला तथा मासु जाँच ऐन लागू

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सबै स्थानीय तहमा आजदेखि ‘पशु वधशाला तथा मासु...

#मासु
Compare →
Onlinekhabar
11h ago
अब छाप हेरेर मात्रै मासु किन्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागु

अब छाप हेरेर मात्रै मासु किन्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागु

१ मंसिर, काठमाडौं । आज १ मंसिरदेखि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का सम्पूर्ण स्थानीय तहमा ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ औपचारिक रूपमा लागु भएको छ । उपभोक्तालाई स्वच्छ, स्वस्थ …

#मासु
Compare →
Arthasansar
2d ago
चीनमा पहिलोपटक पाइलटसहित इलेक्ट्रिक विमानको सफल परीक्षण

चीनमा पहिलोपटक पाइलटसहित इलेक्ट्रिक विमानको सफल परीक्षण

चीनले विद्युतीय व्यावसायिक विमान पहिलोपटक चालक दलका सदस्यसहित सफल परीक्षण गरेको छ । चीनले शनिबार सीई– २५ ए नामक विद्युतीय...

#परीक्षण
Compare →

Related Stories

World News
Build #2612