सर्वोच्च अदालतको परमादेशपछि साढे दुई दशक पुरानो ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ आज (मङ्सिर १ गते) देखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कार्यान्वयनमा आएको छ। नयाँ नियमअनुसार अब जथाभावी पशुपन्छी वध गर्न पाइने छैन भने सबै वधशाला र मासु पसलले अनिवार्य इजाजतपत्र लिनुपर्नेछ।
पशुपन्छी काट्नुअघि र पछि स्वास्थ्य परीक्षण गरी मासु निरीक्षकको आधिकारिक छाप लागेपछि मात्र बिक्री गर्न पाइने व्यवस्था गरिएको छ। यदि कसैले बिरामी वा मरेका पशुको मासु बेचेमा, एक अर्काको मासु मिसाएमा वा रसायन प्रयोग गरेमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना र १ देखि ३ महिनासम्म कैद सजाय हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )