Trending
Prev Story
Next Story

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख फेरिए

Ekantipur •
November 17, 2026 • 12:02 PM
3
3 reads 0 reactions

नागरिक उड्डयन एकेडेमीका प्रमुख रिन्जी शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ भने महाप्रबन्धक टेकनाथ सिटौला प्रधान कार्यालय तानिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख फेरिए

नागरिक उड्डयन एकेडेमीका प्रमुख रिन्जी शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ भने महाप्रबन्धक टेकनाथ सिटौला प्रधान कार्यालय तानिएका छन् ।

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुरस्थित नागरिक उड्डयन एकेडेमीका प्रमुख रिन्जी शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको छ।

प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले कात्तिक २० गते गरेको निर्णयअनुसार शेर्पालाई काठमाडौं विमानस्थलमा सरुवा गरिएको हो । उनले मंगलबार सरुवाको पत्र बुझेको र बुधबारदेखि विमानस्थलमा जिम्मेवारी सम्हाल्ने बताए ।

'कात्तिक २० गतेको निर्णयअनुसार काठमाडौं विमानस्थलमा सरुवा भएको छ। भोलिदेखि त्यहाँ जाँदै छु,' शेर्पाले भने । ११ तहका शेर्पाले निमित्त महाप्रबन्धकका रूपमा काठमाडौं विमानस्थलको नेतृत्व गर्ने छन् ।

यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलालाई प्राधिकरणको प्रधान कार्यालयमा सरुवा गरिएको छ। १२ औं तहका सिटौला मंसिर ९ गते उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । उनी अवकाशमा जान अब आठ दिन मात्रै बाँकी छ ।

प्राधिकरणको प्रधान कार्यालयमा सरुवा गरिएका सिटौला यसअघि विमानस्थल प्रमुख थिए । विमानस्थलमा उनको सरुवापछि उड्डयन सेवा निर्देशनालयको उपमहानिर्देशक पद रिक्त छ। उक्त पदमा कार्यरत प्रेमनाथ ठाकुर साताअघि उमेरहदका कारण अवकाशमा गएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
23h ago
अन्डरवेयरमा लुकाएर सुन तस्करी, त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

अन्डरवेयरमा लुकाएर सुन तस्करी, त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाण्डौ । भन्सार छलेर सुन ल्याएको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका...

#विमानस्थल #त्रिभुवन
Compare →
Hamro Patro News
1d ago
आधा किलोभन्दा धेरै सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

आधा किलोभन्दा धेरै सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले ६३५.१६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित ४२ वर्षीय चिनियाँ नागरिक झान गुओकिङलाई...

#विमानस्थल #त्रिभुवन
Compare →
Arthasansar
6d ago
असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

बाक्लो असिनासहित वर्षा भएपछि  बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे)   सञ्चालनमा आएकाे छ ।  धावनमार्गमा  जमेकाे असिना सफा...

#विमानस्थल #त्रिभुवन
Compare →
Onlinekhabar
1w ago
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्ने

२० कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूले अब ब्यागेज व्यवस्थापनको काम प्रत्यक्ष हेर्न सक्ने भएका छन् । ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन …

#विमानस्थल #त्रिभुवन
Compare →
Nagarik News
1w ago
त्रिभुवन विमानस्थलमा अब ब्यागेज ड्रप एरियाको लाइभ फिड हेर्न पाइने

त्रिभुवन विमानस्थलमा अब ब्यागेज ड्रप एरियाको लाइभ फिड हेर्न पाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ।

#विमानस्थल #त्रिभुवन
Compare →

Related Stories

World News
Build #2612