Trending
Prev Story
Next Story

ट्रेड युनियन खारेजीविरुद्धको दोस्रो रिट पनि संवैधानिक इजलासमा पठाइयो

Ekantipur •
November 17, 2026 • 12:02 PM
2
2 reads 0 reactions

नेपाल निजामती कर्मचारी संगठनले दायर गरेको रिटलाई सर्वोच्च अदालतको संयुक्त इजलासले संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो ।

ट्रेड युनियन खारेजीविरुद्धको दोस्रो रिट पनि संवैधानिक इजलासमा पठाइयो

नेपाल निजामती कर्मचारी संगठनले दायर गरेको रिटलाई सर्वोच्च अदालतको संयुक्त इजलासले संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो ।

काठमाडौँ — सर्वोच्च अदालतको संयुक्त इजलासले ट्रेड युनियन खारेजसम्बन्धी दोस्रो मुद्दालाई पनि संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । संवैधानिक इजलासमा यसअघि नै एक थान मुद्दा विचाराधीन रहेको अवस्थामा मंगलबार दुई न्यायाधीशको इजलासले यस्तो आदेश गरेको हो ।

नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिका तर्फबाट भवानी दाहालसमेतले दायर गरेको रिटलाई न्यायाधीश टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको इजलासले यस्तो आदेश गरेको हो ।

यसअघि सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । संवैधानिक इजलासले बहुमतका आधारमा यस्तो आदेश दिएको थियो । मल्ल, कुमार रेग्मी र हरि फुँयालले अल्पकालीन अन्तरिम आदेश दिएका थिए । तर जेठ २९ गते प्रधानन्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश खारेज गर्दै पूर्ण सुनुवाइमा पठाएको थियो । तर उक्त मुद्दा हालसम्म सुनुवाइ हुन सकेको छैन ।

वैशाख २३ मा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’अनुसार सरकारले एकैसाथ १२ वटा कर्मचारी ट्रेड युनियन खारेज गरेको थियो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सूचना जारी गर्दै ट्रेड युनियनहरू खारेज गरेको थियो ।

दर्ता खारेज भएका ट्रेड युनियनमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनलगायत थिए । त्यस्तै, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालको पनि दर्ता खारेज भएको थियो ।

त्यस्तै, नेपाल स्वास्थ्य सेवा ऐनबमोजिम दर्ता भएका राष्ट्रियस्तरका अरू चार ट्रेड युनियनको पनि दर्ता खारेज गरिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
52m ago
ट्रेड युनियनका संरचना हटाउने निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

ट्रेड युनियनका संरचना हटाउने निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौँ। ट्रेड युनियनका संरचना हटाउने गरी सरकारको निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना र चन्द्रबहादुर सारुको संयुक्त इजलासले मंग...

#सर्वोच्च-अदालत #इजलास #ट्रेड
Compare →
Onlinekhabar
5h ago
इनम ह्वाट्सएप म्यासेजमा नाम जोडिएका न्यायाधीशहरु अब इजलासमा

इनम ह्वाट्सएप म्यासेजमा नाम जोडिएका न्यायाधीशहरु अब इजलासमा

१ मंसिर, काठमाडौं । इनम सापकोटाको ह्वाट्सएप म्यासेज लिक भएर नाम जोडिएपछि बिदामा बसेका सर्वोच्च अदालतका न्यायाधीशहरु तिहार बिदा सकिएपछि इजलासमा फर्किन थालेका छन् । प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरि फुयाल मंगलबार इजलासमा सामेल …

#सर्वोच्च-अदालत #इजलास
Compare →
Bizshala
5h ago
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका दानबहादुर...

#सर्वोच्च-अदालत #रिट
Compare →

Related Stories

National (Nepal)
Build #2612