Trending
Prev Story
Next Story

एआई सामग्रीलाई बौद्धिक चोरी ठहर गर्ने अभ्यासविरुद्ध सर्वोच्चमा रिट

Ekantipur •
November 16, 2026 • 02:02 AM
3
3 reads 0 reactions

एआई प्रयोग गरेर तयार पारिएका शैक्षिक सामग्रीलाई सीधै प्लेजरिज्म अर्थात् बौद्धिक चोरी ठहर गर्ने अभ्यासविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

एआई सामग्रीलाई बौद्धिक चोरी ठहर गर्ने अभ्यासविरुद्ध सर्वोच्चमा रिट

एआई प्रयोग गरेर तयार पारिएका शैक्षिक सामग्रीलाई सीधै प्लेजरिज्म अर्थात् बौद्धिक चोरी ठहर गर्ने अभ्यासविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

काठमाडौँ — एआई प्रयोग गरेर तयार पारिएका शैक्षिक सामग्रीलाई सीधै प्लेजरिज्म अर्थात् बौद्धिक चोरी ठहर गर्ने अभ्यासविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

कानुन संकायका ६ विद्यार्थीले दायर गरेको रिटमा एआईको प्रयोग र वास्तविक चोरीबीच स्पष्ट कानुनी भिन्नता हुनुपर्ने माग गरिएको छ ।

उनीहरूले एआईबाट तयार पारिएका सामग्री पहिचान गर्ने भनिएका सफ्टवेयरको नतिजालाई मात्र आधार बनाएर विद्यार्थीका अनुसन्धानपत्र, शोधपत्र, गोष्ठीपत्र तथा अन्य शैक्षिक कार्यमाथि प्रश्न उठाउने र दण्डात्मक कारबाही गर्ने अभ्यास आधारहीन हुनसक्ने जिकिर रिटमा गरेका छन् ।

आफैंले तयार गरेको सामग्रीमा समेत एआई देखाउने र त्यसको प्रतिकारका लागी विश्वसनीय माध्यम नभएको निवेदनमा उल्लेख छ । रिट निवेदक रोशन आउजी भन्छन्, ‘मैले आफैँ तयार पारेको शोधपत्रलाई सफ्टवेयरले एआई प्रयोग भएको देखाएको भन्दै क्याम्पसले अस्वीकार गर्‍यो। उक्त सफ्टवेयरले अनुमानका आधारमा नतिजा दिने भए पनि त्यसलाई चुनौती दिने अवसर दिइएन। यस्तो अनुमानकै आधारमा विद्यार्थीको शैक्षिक भविष्य प्रभावित पार्नु उचित होइन।’

यस्तै एआई प्रयोगको आधारमा मात्रै साहित्यिक चोरी वा प्रतिलिपि अधिकार उल्लङ्घन भन्न नमिल्ने उनीहरूको जिकिर छ । रिट निवेदक विवेक चौधरी भन्छन्, ‘नेपालमा एआई प्लेजरिज्मसम्बन्धी स्पष्ट कानुनी व्यवस्था छैन। iThenticate को नतिजा शतप्रतिशत विश्वसनीय छैन। सर्वोच्च अदालतका फैसलालाई समेत परीक्षण गर्दा ७० देखि ८० प्रतिशत एआई प्रयोग भएको देखाएको छ । त्यसैले यसको विश्वसनीयता, विनियमको कानुनी वैधता र विद्यार्थीको गोपनीयताको विषयमा स्पष्ट कानुनी मापदण्ड आवश्यक छ ।’

रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रक्षा मन्त्रालयलगायत सम्बन्धित सरकारी तथा शैक्षिक निकायलाई विपक्षी बनाइएको छ । शुक्रबार पेस गरिएको रिट दर्ताका लागि अध्ययनका क्रममा छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
तिहारको मौका छोपी टिकाथलीमा चोरी गर्ने गिरोह पक्राउ

तिहारको मौका छोपी टिकाथलीमा चोरी गर्ने गिरोह पक्राउ

काठमाडौँ। तिहारको समयमा घरमा कोही नभएको मौका छोपी चोरी गर्ने कार्यमा संलग्न तीन जनासहित चोरीको सुन किन्ने र बेच्न सहयोग गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान ...

#चोरी
Compare →
Onlinekhabar
16h ago
चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

२९ कात्तिक, काठमाडौं । चोरीका मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २१ वर्षीय तेन्जिङ लामा, सोही गाउँपालिका–३ का १९ वर्षीय लाक्पा शेर्पा र सोही गाउँपालिका–३ का समीर तामाङ रहेका …

#चोरी
Compare →
Nagarik News
1d ago
चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

नेपालबाट चोरी भई विश्वका विभिन्न देशमा पुगेका धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानलाई सशक्त बनाउन भक्तपुरमा ‘मलाई घर फर्काउ’ महोत्सव सुरु भएको छ।

#चोरी
Compare →
Arthasansar
2d ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →
Bizshala
2d ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →

Related Stories

Education & Youth
Build #2612