Trending
Prev Story
Next Story

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

Bizshala •
November 13, 2026 • 08:03 AM
3
3 reads 0 reactions

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि शुक्रबार उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरिएको हो।

राष्ट्रपतिको कार्यालयका अनुसार नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम चारै जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।

नवनियुक्त न्यायाधीशमध्ये बागचन्द यसअघि उच्च अदालत पोखराका मुख्य न्यायाधीश थिए। त्यस्तै, सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलास र डाँगी उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा न्यायाधीशका रूपमा कार्यरत थिए।

यसअघि न्याय परिषद्ले असोज २० गते उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

उक्त सिफारिसपछि संसदीय सुनुवाइ समितिले कात्तिक १९ गतेदेखि सुनुवाइ प्रक्रिया अघि बढाएको थियो। सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूमाथि परेका उजुरी तथा उनीहरूको योग्यता र कार्यसम्पादनका विषयमा छलफल भएको थियो।

समितिले कात्तिक २१ गते चारै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो।

संसदीय अनुमोदनपछि संवैधानिक प्रक्रियाअनुसार राष्ट्रपतिबाट नियुक्ति भएसँगै सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश थपिएका हुन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
20h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #न्यायाधीश #नियुक्त
Compare →
Hamro Patro News
21h ago
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतक...

#सर्वोच्च-अदालत #न्यायाधीश #नियुक्त
Compare →
Ekantipur
20h ago
राष्ट्रपतिले गरे सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

राष्ट्रपतिले गरे सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

#सर्वोच्च-अदालत #न्यायाधीश #नियुक्त
Compare →
Nagarik News
20h ago
सर्वोच्चमा चार न्यायाधीश नियुक्त

सर्वोच्चमा चार न्यायाधीश नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन्।

#सर्वोच्च-अदालत #न्यायाधीश #नियुक्त
Compare →
Onlinekhabar
20h ago
सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

२७ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। न्याय परिषद्को सिफारिसको आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार न्यायाधीशहरू नियुक्त गरेका हुन्। नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण …

#सर्वोच्च-अदालत #न्यायाधीश #नियुक्त
Compare →

Related Stories

National (Nepal)
Build #2612