Trending
Prev Story
Next Story

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

Nagarik News •
November 14, 2026 • 03:37 PM
2
2 reads 0 reactions

नेपालबाट चोरी भई विश्वका विभिन्न देशमा पुगेका धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानलाई सशक्त बनाउन भक्तपुरमा ‘मलाई घर फर्काउ’ महोत्सव सुरु भएको छ।

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

नेपालबाट चोरी भई विश्वका विभिन्न देशमा पुगेका धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानलाई सशक्त बनाउन भक्तपुरमा ‘मलाई घर फर्काउ’ महोत्सव सुरु भएको छ।

सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा नमुना फाउन्डेसन भक्तपुरले कमलविनायकस्थित नेपाल भोकेसनल एकेडेमीमा आयोजना गरेको महोत्सवको विभिन्न सात देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिले अवलोकन गरेका छन्।

महोत्सवबारे जानकारी दिँदै नमुना फाउन्डेसनका संस्थापक रवीन्द्र पुरीले सन् २००३ देखि सुरु भएको सम्पदा संरक्षण अभियानलाई निरन्तरता दिँदै चोरी भएका तथा विदेश पुर्‍याइएका मूर्ति र सम्पदा स्वदेश फर्काउन नागरिक र सम्बन्धित निकायलाई सचेत बनाउने काम भइरहेको बताए।

‘ब्रिङ मी होम’ अभियान पनि यही जनचेतनामूलक पहलको हिस्सा भएको उल्लेख गर्दै उनले सुरुमा एक्लै थालेको अभियानमा अहिले सहकार्य गर्ने व्यक्ति तथा संस्थाको दायरा विस्तार हुँदै गएको बताए। सम्पदा चोरी र अवैध कारोबारको जोखिमबारे जनचेतना फैलाउन तथा सम्पदा संरक्षणका पक्षमा आवाज उठाउन फाउन्डेसनले हरेक वर्ष यो दिवस मनाउँदै आएको उनको भनाइ थियो।

विशेषगरी युवा पुस्तालाई सम्पदा चोरी, अनुसन्धान, फिर्ती र सम्बन्धित समुदायमा पुनःस्थापनासम्मको प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए। सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारी पनि अभियानमा जोडिएको जानकारी दिइयो।

कार्यक्रममा अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले सम्पदाको कलात्मक मूल्यसँगै त्यसको आध्यात्मिक महत्त्व पनि उत्तिकै रहेको बताए। अस्ट्रेलियाका आदिवासी समुदायबाट लगिएका सांस्कृतिक सामग्री र मानव अवशेषसमेत विदेशका विभिन्न संग्रहालयमा रहेको उनले उल्लेख गरे।

इजरायलका राजदूत श्मुलिक एरी बासले चोरी भएका नेपाली सम्पदाबारे कुनै जानकारी प्राप्त भए आफूलाई जानकारी गराउन आग्रह गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए।

अस्ट्रेलियाकी पूर्वराजदूत फेलिसिटी भोल्कले सम्पदा फिर्ती अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै स्वदेश फर्काइएका सम्पदाको संरक्षणमा देखिने चुनौतीलाई पनि राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।

नर्वेकी राजदूत डाग्नी म्योसले अभियानलाई प्रशंसनीय पहल बताउँदै सम्पदा अपराधबारे सम्बन्धित निकायलाई थप सचेत बनाउनुपर्ने बताइन्। यस्ता अभियानले नागरिकमा चेतना बढाउनुका साथै अन्य सरोकारवालालाई पनि सक्रिय हुन प्रेरित गर्ने उनको भनाइ थियो।

कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि याको डु टोइटले सन् १९७० को महासन्धिले सम्पदा संरक्षण, अवैध व्यापार नियन्त्रण तथा चोरी भएका वस्तु उत्पत्तिस्थलमा फिर्ता गर्ने विषयमा देशहरूबीच सहकार्यको साझा आधार तयार गरेको बताए।

उनले चोरी भएका सम्पदा फिर्ताका लागि आवश्यक दाबी र सूचनाको शीघ्र पहिचान गरी सम्बन्धित निकायसम्म पुर्‍याउन दूतावासहरूले सम्पर्क व्यक्ति तोक्नुपर्नेमा जोड दिए। सम्पदा फिर्तीको विषय केवल वस्तु फिर्तासँग मात्र नभई समुदायको पहिचान, जीवन र आस्थासँग समेत जोडिएको उनको भनाइ थियो।

कार्यक्रम संयोजक श्रीना नेपालले पर्याप्त प्रमाण जुटाउँदा पनि आस्थासँग जोडिएका सम्पदा स्वदेश फर्काउनु चुनौतीपूर्ण रहेको बताइन्। संग्रहालयले कुनै वस्तुको प्राप्तिको इतिहासलाई सामान्य रूपमा प्रस्तुत गर्न सक्ने भए पनि मूल समुदायका लागि ती वस्तु आज पनि आफ्ना देवता र आस्थाका प्रतीक रहेको बुझ्नुपर्ने उनले बताइन्।

नमुना फाउन्डेसनको उद्देश्य देवमूर्तिलाई राष्ट्रिय सङ्ग्रहालयमा मात्र ल्याउनु नभई सम्बन्धित समुदायमै पुनःस्थापना गर्नु रहेको उनको भनाइ थियो।

नोभेम्बर १४ देखि २१ सम्म सञ्चालन हुने महोत्सवमा ढुङ्गा तथा काठमा मूर्ति कुँद्ने कलाकारको प्रत्यक्ष प्रस्तुति, वृत्तचित्र प्रदर्शन, सम्पदा घरफिर्तीसम्बन्धी विशेष प्रस्तुति, अन्तरक्रियात्मक गतिविधि तथा चोरी भएका सम्पदाका प्रतिकृति प्रदर्शन गरिने संस्थापक पुरीले जानकारी दिए।

प्रकाशित: २८ कार्तिक २०८३ २१:२२ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
हसिनालाई स्वदेश फर्काउन माग गर्दै समर्थक सडकमा, बंगलादेशभर हिंसा भड्कियो

हसिनालाई स्वदेश फर्काउन माग गर्दै समर्थक सडकमा, बंगलादेशभर हिंसा भड्कियो

बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन माग गर्दै उनका समर्थकहरू सडकमा उत्रिएपछि देशभर तनाव र हिंसा भड्किएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरका ...

#स्वदेश #फर्काउन
Compare →
Onlinekhabar
1d ago
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, …

#चोरी #अभियान
Compare →
Bizshala
1d ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#चोरी
Compare →
Ekantipur
3d ago
पोखराको भाइटीका महोत्सवमा १७ देशका ५१ विदेशी पर्यटकले लगाए भाइटीका

पोखराको भाइटीका महोत्सवमा १७ देशका ५१ विदेशी पर्यटकले लगाए भाइटीका

नेपाली संस्कृति र परम्परासँग विदेशी पर्यटकलाई जोड्ने उद्देश्यले आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होम्सका बालिकाले पर्यटकलाई भाइटीका लगाइदिएका थिए । सेलरोटी र देउसी–भैलोसहित महोत्सव मनाइएको थियो ।

#महोत्सव #देशका
Compare →

Related Stories

World News
Build #2612