Trending
Prev Story
Next Story

लुम्बिनी लायन्सका सन्दीप जोरा भन्छन्, ‘जित हात पर्नेमा विश्वास थियो’

Ekantipur •
November 14, 2026 • 04:02 PM
2
2 reads 0 reactions

विराटनगर किंग्सविरूद्धको खेलमा जितका लागि १ सय ६७ रन पछ्याउने क्रममा लुम्बिनी लायन्सले एक बलको खेल बाँकी छँदा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको हो ।

लुम्बिनी लायन्सका सन्दीप जोरा भन्छन्, ‘जित हात पर्नेमा विश्वास थियो’

विराटनगर किंग्सविरूद्धको खेलमा जितका लागि १ सय ६७ रन पछ्याउने क्रममा लुम्बिनी लायन्सले एक बलको खेल बाँकी छँदा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको हो ।

काठमाडौँ — लुम्बिनी लायन्सका सन्दीप जोराले आफ्नो टिम नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको क्वालिफायर–वानमा पुगेकोमा खुसी व्यक्त गरेका छन् । लुम्बिनीले शुक्रबार भएको रोमाञ्चक र सनसनीपूर्ण खेलमा विराटनगर किंग्सलाई चार विकेटले पराजित गरेको हो ।

जितका लागि १ सय ६७ रन पछ्याउने क्रममा लुम्बिनीले एक बलको खेल बाँकी छँदा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको हो । खेलका ‘प्लेयर अफ द म्याच’ विजयी टिमका सन्दीप भए । उनले २५ रन बनाए र नटआउट रहे ।

उनले आफ्नो टिमको जितमा योगदान दिन सकेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘अन्त्यतिर जित हात पर्नेमा विश्वास थियो । जित सजिलो रहेन । हाम्रो टिमको विशेषता भनेको सबै खेलाडीले आ–आफ्नो क्षेत्रबाट योगदान दिनु हो ।’

सन्दीपले आफ्नो टिम उपाधि रक्षा गर्न सक्षम हुने पनि विश्वास पोखे । उनले भने, ‘हामी अहिले लयमा छौं र फेरि उपाधि जित्ने नै हाम्रो एक मात्र लक्ष्य हो । हामीले त्यसैअनुसार खेलिरहेका पनि छौं ।’

जितपछि लुम्बिनीको सात खेलबाट ११ अंक भएको छ । विराटनगर भने ६ अंकमै सीमित रह्यो । यो नतिजाले शीर्ष चारमा रहने टिमको पनि टुंगो लागेको छ । लुम्बिनी र सुदूरपश्चिम रोयल्ससँगै काठमाडौं गोर्खाज र चितवन राइनोज शीर्ष चारमा रहने छन् ।

डिफेन्डिङ च्याम्पियन लुम्बिनीले क्वालिफायर वान खेल्न लागेको यो पहिलो पटक हो । पछिल्लो सिजन इलिमिनेटर र क्वालिफायर टु खेलेर उसले उपाधि जितेको थियो । अब आइतबार चितवन र कर्णाली याक्स तथा काठमाडौं र पोखरा एभेन्जर्स भिड्ने छन् ।

पराजित टिम विराटनगरका चरिथ असलंकाले आफ्नो टिमले सक्दो गर्न नसकेको र लुम्बिनीले राम्रो खेलेको स्वीकारे । उनले भने, ‘यस्तो खेलमा जुन टिमले निर्णायक मोडमा राम्रो गर्न त्यही जित्छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
ह्याट्रिकपछि सन्दीपको प्रतिक्रिया : टिमको जित नै सबैभन्दा महत्वपूर्ण

ह्याट्रिकपछि सन्दीपको प्रतिक्रिया : टिमको जित नै सबैभन्दा महत्वपूर्ण

काठमाडौं - बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि टिमको जित नै आफ्नो प्राथमिकता रहेको बताएका छन् । खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले व्यक्तिगत उपलब्धिभन्दा...

#विकेट #सन्दीप
Compare →
Nagarik News
4h ago
विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ।

#लुम्बिनी #लायन्स
Compare →
Onlinekhabar
46m ago
विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा

विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा

२८ कात्तिक, काठमाडौं । विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ …

#लुम्बिनी
Compare →
Arthasansar
2d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#लुम्बिनी
Compare →

Related Stories

Sports
Build #2612