Trending
Prev Story
Next Story

सस्तियो केरा, छठलाई राहत

Ekantipur •
November 14, 2026 • 04:02 PM
1
1 reads 0 reactions

विगतका वर्षमा छठका बेला केराको मूल्य महँगिने गरेको भए पनि यस वर्ष बजारमा पर्याप्त आपूर्ति र मूल्यमा आएको कमीले उपभोक्तालाई केही सहज भएको छ । दुई महिनाअघि प्रतिदर्जन ३ सय ५० सम्म रुपैयाँसम्म पुगेको मुल्य अहिले १ सयदेखि १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

सस्तियो केरा, छठलाई राहत

विगतका वर्षमा छठका बेला केराको मूल्य महँगिने गरेको भए पनि यस वर्ष बजारमा पर्याप्त आपूर्ति र मूल्यमा आएको कमीले उपभोक्तालाई केही सहज भएको छ । दुई महिनाअघि प्रतिदर्जन ३ सय ५० सम्म रुपैयाँसम्म पुगेको मुल्य अहिले १ सयदेखि १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

काठमाडौँ — छठ पर्वका लागि केराको माग बढ्ने समयमा बजारमा सस्तो मूल्यमा केरा उपलब्ध भएपछि उपभोक्ताले राहत पाएका छन् । विगतका वर्षमा छठका बेला केराको मूल्य महँगिने गरेको भए पनि यस वर्ष बजारमा पर्याप्त आपूर्ति र मूल्यमा आएको कमीले उपभोक्तालाई केही सहज भएको छ । दुई महिनाअघि प्रतिदर्जन ३ सय ५० सम्म रुपैयाँसम्म पुगेको मुल्य अहिले १ सयदेखि १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहिबार नेपाली र मालभोग दुवै जातका केराको मूल्य अहिले प्रतिदर्जन औसत १२५ रुपैयाँ कायम भएको छ । समितिको मूल्य विवरणअनुसार नेपाली केराको थोक मूल्य प्रतिदर्जन न्यूनतम १०० रुपैयाँदेखि अधिकतम १५० रुपैयाँ छ । त्यस्तै मालभोग केराको मूल्य पनि प्रतिदर्जन न्यूनतम १०० देखि अधिकतम १५० रुपैयाँसम्म रहेको छ । दुवै जातको केराको औसत मूल्य प्रतिदर्जन १२५ रुपैयाँ छ ।

नेपालमै उत्पादित केराले आन्तरिक माग धान्न थालेपछि छठका लागि बजारमा स्वदेशी केरा सस्तो मुल्यमा आपूर्ति भइरहेको ब्यवसायीहरुले बताएका छन् । केराको आयातमा गरिएको कडाइ र स्वदेशी उत्पादन बढेका कारण यस वर्ष नेपाली केराले बजार पाएको उनीहरुको भनाइ छ ।

चितवनमा व्यावसायिक केरा खेती गर्दै आएका किसान लक्ष्मण सुवेदीले यस वर्ष छठ पर्वलाई लक्षित गरी तीन हजार घरी केरा बिक्री गरे । उनले अनुसार फार्मबाट एउटा घरी केरा चार सयदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री गरे एउटा घरीमा सामान्यतया १५० देखि २०० कोशा हुने उनले बताए । फार्ममा बर्षभरि नै केरा उत्पादन हुने भएपनि छठ पर्व केरा बिक्री गर्ने मुख्य पर्व रहेको उनले सुनाए ।

‘केरा अनिवार्य चाहिने पर्व भनेको छैटी माता मात्रै रहेछ यो पर्वमा केराको माग बढ्छ । ’ सुवेदीले भने ‘ यो बर्ष स्वदेशमा नै राम्रो उत्पादन छ किसानले राम्रो मुल्य पाएका छन् ।’ उनले ५५ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका छन् । छठ पर्वमा जि–नाइन जातका केरा बिक्री गरेको उनले बताए । उनले बिगतका छठ पर्वमा तीन देखि ४ हजार घरिसम्म बिक्री भएको थियो । बिगतको बर्षहरुमा भन्दा यो केराको राम्रो मुल्य पाएको उनले सुनाए । ‘पहिला भारतबाट आयात हुन्थ्यो नेपाली केरा बिक्री नभएर कुहिन्थे, उनले भने, अहिले आयातमा कडाई गरेपछि नेपाली किसानहरुले राम्रो मुल्य पाउन थालेका छन् । ’

नवलपरासीका अर्का किसान लख्खुप्रसाद यादवले पनि छठ पर्वमा दुई थरि मुल्यमा केरा बिक्री गरको बताए । गुणस्तरको केरा प्रति दर्जन ९५ र कम गुणस्तरको केरा ४० देखि ५५ का दरले बिक्री गरेका छन् । उनले छठ पर्वमा १२ पिकअप (करिब ५०० ) घरी केरा बेचेका छन् । ‘फार्ममा नै यो मुल्य पाउनु भनेको राम्रो हो । ’ यादवले भने ‘अहिले नेपाली किसानहरुलाई केरा ब्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् । डेढ बिद्या जग्गामा खेती गर्दै आएका यादव यो बर्ष चाडपर्वमा उपभोक्ताहरुले स्वदेशी तथा सस्तो मुल्यमा केरा पाएको बताए ।

केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले पछिल्लो एक वर्षयता नेपालमा खपत हुने केरा स्वदेशी उत्पादनबाटै आपूर्ति भइरहेको केराको मुल्य सस्तो भएको बताए । उनका अनुसार गत वर्ष असोज ६ देखि केराको आयातमा कडाइ गरिएको थियो । त्यसयता आयात रोकिदा नेपाली उत्पादनले बजार पाएको हो । ‘अहिले नेपाललाई चाहिने केरा नेपालमै उत्पादन भइरहेको छ । बाहिरबाट एउटा केरा पनि पास भएको छैन । सरकारले आयातमा गरेको कडाइले नेपाली किसानलाई बजार पाउन सहयोग पुगेको छ,’ पन्तले भने ।

उनका अनुसार यस वर्ष केराको मूल्य पनि किसानका लागि तुलनात्मक रूपमा राम्रो छ । किसानले अहिले केराको घरीअनुसार पाँच सयदेखि ६ सय रुपैयाँसम्म पाइरहेका छन् । गत वर्ष १० देखि १५ दिनको अवधिमै ७० देखि ८० करोड रुपैयाँ बराबरको केरा नोक्सान हुने गरेको पन्तको भनाई छ । देशभर छठमा कति केरा खपत हुन्छ भन्ने यकिन तथ्यांक भने उपलब्ध भइसकेको छैन । विभिन्न जिल्लाबाट उत्पादन तथा आपूर्तिको विवरण संकलन भइरहेकाले कुल खपतको तथ्यांक पछि मात्र प्राप्त हुने पन्तले बताए ।

आन्तरिक आपुर्ति प्रशस्त भएकाले केराको मुल्य सस्तो भएको फलफूल थोक व्यवसायी संघ, काठमाडौंका अध्यक्ष अमर बानियाँले बताए । उनका अनुसार काठमाडौंमा कैलालीको टिकापुर, चितवन र त्रिवेणीलगायत क्षेत्रबाट केरा आपुर्ति हुने गरेको छ । तिहारपछि झन मुल्य घटेको छ । तिहारका बेला प्रति कार्टुन १ हजार ३०० देखि १ हजार ४०० रुपैयाँसम्म पुगेको केराको मूल्य अहिले घटेर ९ सयदेखि १ हजार रुपैयाँ पुगेको छ । एक कार्टुनमा ९० देखि १ सय कोशासम्म हुने गर्दछ । तर छठ पर्वमा अपेक्षा गरेअनुसार बिक्री हुन नसकेको उनले भनाई छ । ‘हामीले जति बिक्री हुने अपेक्षा गरेका थियौं, त्यसअनुसार व्यापार भएन । बाँनियाले भने तिहारमै पर्याप्त केरा बिक्री नभएपछि स्टक बाँकी रहृयो । छठमा पनि सोचेअनुसार माग आएन । ’ यस वर्ष चिसो मौसम र तिहारको मौज्दातसमेत बाँकी रहेकाले बजारमा केराको माग थप प्रभावित भएको बताए ।

नेपालमा चिनी चम्पा, जी नाइन र मालभोग जातको केरा खेती हुने गरेको छ । नेपालमा वार्षिक करिब ९ लाख टन माग रहेको महासंघको भनाई छ । गत वर्ष सात लाख टन केरा उत्पादन भएको थियो । दसैं–तिहार र छठ जस्ता मुख्य चाडपर्वमा करिब २ लाख टन केरा खपत हुने पन्तले बताए । ‘मागअनुसार केरा उत्पादन नजिक पुगिसकेको छ । अहिले केराको मुख्य सिजन हो । दसैं–तिहार र छठमा मुख्य चाडपर्वमा स्वदेशी उत्पादनले नै धानेको छ र उपभोक्ताले सस्तोमा पाएका छन् ।’

प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
चारआली खानेपानीको महसुल घट्यो, मङ्सिरदेखि उपभोक्तालाई राहत

चारआली खानेपानीको महसुल घट्यो, मङ्सिरदेखि उपभोक्तालाई राहत

झापाको चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आउँदो मङ्सिर महिनादेखि लागू हुने गरी खानेपानीको महसुल घटाएको छ। समितिले विशेषगरी निम्न वर्गीय उपभोक्तालाई राहत दिने उद्देश्यले सबै श्रेण...

#उपभोक्ता #राहत
Compare →
Nagarik News
5d ago
केराका बोट, आम्दानीको स्रोत

केराका बोट, आम्दानीको स्रोत

मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ।

#केरा
Compare →

Related Stories

Business & Economy
Build #2612