तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा केही बेरअघि भएको टसमा लम्बिनीका कप्तान रोहितकुमार पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय लिनुभएको हो । आजको खेल विराटनगरका लागि महत्त्वपूर्ण छ । लुम्बिनीलाई हराउन सके विराटनगरको प्लेअफ सम्भावना कायमै रहनेछ । पराजय व्यहोरेमा उसको प्लेअफ यात्रा समाप्त हुनेछ । विराटनगर यो खेल जित्नैपर्ने दबाबमा छ । लुम्बिनीले भने एक खेलअगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । उसले छ खेल खेल्दा चारमा जित, एक खेलमा पराजय र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ । ऊ अहिले तालिकाको दोस्रो स्थानमा छ । तालिकाको पाँचौँ स्थानमा रहेको विराटनगरले छ खेल खेल्दा तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ । जारी संस्करणमा अहिलेसम्म सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्लेअफमा स्थान सुरक्षित गरेका छन् ।
प्रकाशित: २८ कार्तिक २०८३ १७:१६ शनिबार