Trending
Prev Story
Next Story

जितसँगै लुम्बिनी क्वालिफायरमा, विराटनगर बाहिरियो

Ekantipur •
November 14, 2026 • 03:32 PM
1
1 reads 0 reactions

रुबेन ट्रम्पलमनले निर्णायक छक्का प्रहार गरेपछि लुम्बिनीले विराटनगरमाथि सनसनीपूर्ण जित निकाल्दै ११ अंकसहित क्वालिफायरमा स्थान बनायो।

जितसँगै लुम्बिनी क्वालिफायरमा, विराटनगर बाहिरियो

रुबेन ट्रम्पलमनले निर्णायक छक्का प्रहार गरेपछि लुम्बिनीले विराटनगरमाथि सनसनीपूर्ण जित निकाल्दै ११ अंकसहित क्वालिफायरमा स्थान बनायो।

काठमाडौँ — रुबेन ट्रम्पलमनले म्याच विजयी छक्का प्रहार गरेपछि च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबार विराटनगर किंग्समाथि ४ विकेटको सनसनीपूर्ण विजय हात पारेको छ ।

चारिथ असलंकाको अर्धशतकमा टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ६६ रन बनाएको थियो । ट्रम्पलमनले विशाल छक्का प्रहार गरेपछि जवाफमा आएको लुम्बिनीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १९.५ ओभरमा १ सय ६८ रन बनाएको थियो ।

यससँगै टोलीले शीर्ष स्थानमा रहि क्वालिफायर खेल्ने भएको छ । ८ टोलीले राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनलमा स्थान पाउन क्वालिफायरमा प्रतिस्पर्धा गर्ने प्रावधान रहेको छ । लुम्बिनीको ११ अंक । सुदूरपश्चिम रोयल्स १० अंकका साथ दोस्रो स्थानमा छ । तर आइतबार हुने खेलमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेमा समान १० अंक बोकेको सुदूरपश्चिमलाई रनरेटमा उछिन्ने छ । त्यस्तो अवस्थामा लुम्बिनी र काठमान्डु फाइनलमा स्थान पाउन क्वालिफायरमा खेल्ने छन् ।

लुम्बिनीको यस विजयले विराटनगर लिग चरणबाटै बाहिरिएको छ भने प्लेअफ खेल्ने सबै चार टोलीको टुंगो लागेको छ । लुम्बिनी र सुदूरपश्चिमसँगै काठमान्डु र चितवन राइनोज शीर्ष चारभित्र पर्ने निश्चित भएको छ ।

यसअघि असलंकाले ४३ बलमा ६४ रन बनाएका थिए । असलंकाले आफूले पाएको दुईवटा जीवनदानको पूरा फाइदा उठाए । उनी २२ रनमा हुँदा रुबेन ट्रम्पलमनले लङ अनमा र ४७ रनमा हुँदा आसिफ शेखले लङ अफमा क्याच छाडेका थिए । असलंकाले आफ्नो इनिङ्समा १ चौका र ६ छक्का प्रहार गरे ।

लोकेश बम १७ बल खेली २ चौका प्रहार गरी १५ रन बनाई पाँचौं ओभरमा आउट भए । त्यसपछि असलंकाले इमरान शेख र शुभम रन्जनेसँग मिलेर विराटनगरलाई राम्रो योगफलमा उभ्याएका हुन् । इमरान २९ बल खेली १ छक्का प्रहार गर्दै २४ रनमा आउट भए ।

रन्जने २४ बल खेली ४ चौका प्रहार गरी ३१ रनमा अविजित रहे । सेहन जयसुर्या १ र इसुरु उडाना ६ रनमा अविजित रहे । लुम्बिनीका किशोर महतोले ४ ओभरमा २४ रन खर्चेर २ तथा ट्रम्पलमन र अभिशेष गौतमले १–१ विकेट लिए । ट्रम्पलमनले त्यसका लागि ४ ओभरमा ५२ रन खर्चन पुगेका थिए । अभिशेषले ३ ओभरमा १५ रनमात्र खर्चेका थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
क्वालिफायर पुग्ने आशामा रहेको लुम्बिनी फिल्डिङ गर्दै

क्वालिफायर पुग्ने आशामा रहेको लुम्बिनी फिल्डिङ गर्दै

क्वालिफायर पुग्ने आशामा रहेको लुम्बिनी फिल्डिङ गर्दै लुम्बिनीले अमेरिकामा खेलिरहेका ब्याटिङ अलराउन्डर अलि सेखलाई ‘डेब्यु’ गराइरहेको छ । उनले समिम हुसैनको स्थान लिनेछन् । त्यस्तै विराटनगरले एन्जेलो...

#लुम्बिनी #क्वालिफायर
Compare →
Onlinekhabar
41m ago
विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा

विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा

२८ कात्तिक, काठमाडौं । विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ …

#लुम्बिनी #क्वालिफायर #विराटनगर
Compare →
Nagarik News
1h ago
एनपीएलमा प्लेअप खेल्ने चार टोली टुंगिए: लुम्बिनीको शीर्ष स्थान पक्का, विराटनगर बाहिरियो

एनपीएलमा प्लेअप खेल्ने चार टोली टुंगिए: लुम्बिनीको शीर्ष स्थान पक्का, विराटनगर बाहिरियो

एनपीएलमा प्लेअप खेल्ने चार टोली टुंगिए: लुम्बिनीको शीर्ष स्थान पक्का, विराटनगर बाहिरियो

#लुम्बिनी #विराटनगर #बाहिरियो
Compare →
Arthasansar
2d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#लुम्बिनी
Compare →

Related Stories

Sports
Build #2612