Trending
Prev Story
Next Story

ट्रम्पको दबाबपछि एनभिडियामा फर्किए जेन्सेन, सञ्चालक समितिले उल्ट्यायो आफ्नै निर्णय

Nagarik News •
November 23, 2026 • 02:53 PM
1
1 reads 0 reactions

एनभिडियाको सञ्चालक समितिका अध्यक्ष हार्वे सी. जोन्सले सोमबार जारी गरेको विज्ञप्तिमा हुआङ नै कम्पनीको नेतृत्वका लागि उपयुक्त व्यक्ति भएको बताएका छन्।

ट्रम्पको दबाबपछि एनभिडियामा फर्किए जेन्सेन, सञ्चालक समितिले उल्ट्यायो आफ्नै निर्णय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि चिप निर्माता कम्पनी एनभिडियाले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुनः नेतृत्वमा फर्काएको छ।

कम्पनीको सञ्चालक समितिले सोमबार हुआङलाई अध्यक्ष तथा सीईओका रूपमा पुनर्बहाली गर्ने निर्णय गरेको हो।

हुआङले पदबाट राजीनामा दिएको दुई साताभन्दा कम समयमै कम्पनीले उनलाई पुनः जिम्मेवारीमा फर्काएको हो। यसअघि सञ्चालक समितिले हुआङको पुनरागमन प्रस्ताव अस्वीकार गरेको थियो। तर ट्रम्पले सार्वजनिक रूपमा उनलाई पुनः नेतृत्वमा ल्याउनुपर्ने धारणा राख्दै दबाब दिँदै आएका थिए।

हुआङले चिनियाँ जासुस भएको आशंका गरिएकी एलिस हुआङसँगको सम्बन्धबारे विवाद चर्किएपछि राजीनामा दिएका थिए। अमेरिकी गुप्तचर निकायहरूले ती महिलामाथि चीनका लागि जासुसी गरेको आशंका गरेका थिए। यद्यपि, उनी जासुस भएको पुष्टि भइसकेको छैन। चीनले पनि उक्त आरोप अस्वीकार गरेको छ।

एनभिडियाका सञ्चालक समिति अध्यक्ष हार्वे सी. जोन्सले सोमबार जारी गरेको वक्तव्यमा हुआङ नै कम्पनीको नेतृत्वका लागि उपयुक्त व्यक्ति भएको बताएका छन्। उनले हुआङको पुनर्बहाली कम्पनीका लगानीकर्ता, कर्मचारी, साझेदार र ग्राहक सबैको हितमा रहेको उल्लेख गरेका छन्।

पुनर्बहालीपछि हुआङले पनि कम्पनीमा फर्किन पाउँदा सम्मानित महसुस गरेको बताए। उनले एनभिडियाको नेतृत्व सम्हाल्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक लिने र नयाँ प्रतिबद्धतासहित काममा फर्किने बताएका छन्। उनले अन्तरिम सीईओ कोलेट क्रेस, कम्पनीका कर्मचारी, लगानीकर्ता र सञ्चालक समितिलाई धन्यवाद दिए।

हुआङको राजीनामापछि क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हालेकी थिइन्। हुआङ फर्किएपछि उनी पुनः कम्पनीको प्रमुख वित्तीय अधिकारी (सीएफओ) को भूमिकामा फर्किनेछिन्।

हुआङको पुनर्बहालीको खबर सार्वजनिक भएपछि अमेरिकी सेयर बजारमा एनभिडियाको सेयर मूल्य करिब ३० प्रतिशतले बढेको सीबीएस न्युज ले जनाएको छ। एनभिडिया कृत्रिम बौद्धिकता (एआई) प्रविधिका लागि आवश्यक उन्नत चिप उत्पादन गर्ने विश्वकै प्रमुख कम्पनीमध्ये एक हो।

यसैबिच, हुआङको पुनर्बहालीसँगै कम्पनीको नेतृत्वमा देखिएको अन्योल अन्त्य भएको छ। तर उनीसँग जोडिएको विवाद र त्यसबारे भइरहेको अनुसन्धानको विषय भने अझै टुंगिएको छैन।

प्रकाशित: ७ मंसिर २०८३ २०:३८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
ट्रम्पले गरे जेन्सेन हुआङलाई एनभिडियाको सीईओमा पुनः नियुक्त गर्न आग्रह

ट्रम्पले गरे जेन्सेन हुआङलाई एनभिडियाको सीईओमा पुनः नियुक्त गर्न आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका सञ्चालक समितिले जेन्सन हुआङलाई पुनः कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने आशा व्यक्त गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट...

#हुआङ #ट्रम्प #एनभिडिया
Compare →
Ekantipur
34m ago
एनभिडियामा जेन्सेन हुआङको पुन:बहाली

एनभिडियामा जेन्सेन हुआङको पुन:बहाली

विवाहेत्तर सम्बन्धसँग जोडिएको विवाद र राष्ट्रिय सुरक्षासम्बन्धी प्रश्न उठेपछि एनभिडियाको प्रमुख कार्यकारी अधिकृत पदबाट नोभेम्बर १२ मा राजीनामा दिएका जेन्सेन हुआङलाई कम्पनीले पुन: बहाली गरेको छ ।

#हुआङ #एनभिडिया #जेन्सेन
Compare →
Onlinekhabar
3d ago
एनभिडियाका पूर्व-सीईओ जेन्सेन हुआङ सार्वजनिक सुनुवाइमा बयान दिन सहमत

एनभिडियाका पूर्व-सीईओ जेन्सेन हुआङ सार्वजनिक सुनुवाइमा बयान दिन सहमत

६ मंसिर, काठमाडौं । एनभिडियाका पूर्व-सीईओ जेन्सेन हुआङ अमेरिकी सिनेटको सार्वजनिक सुनुवाइमा बयान दिन सहमत भएका छन्। रिपब्लिकन पार्टीका अमेरिकी सिनेटर टिम स्कटका एक सहयोगीले शुक्रबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिएका हुन्। एक चिनियाँ जासुस भएको …

#हुआङ #एनभिडिया #जेन्सेन
Compare →
Bizshala
1d ago
एनभिडियाका पूर्वप्रमुख जेन्सेन ह्वाङ सार्वजनिक सुनुवाइमा बयान दिन सहमत

एनभिडियाका पूर्वप्रमुख जेन्सेन ह्वाङ सार्वजनिक सुनुवाइमा बयान दिन सहमत

काठमाडौं। एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङ अमेरिकी सिनेटको सार्वजनिक सुनुवाइमा बयान दिन...

#एनभिडिया #जेन्सेन
Compare →

Related Stories

Technology
Build #2612