Trending
Prev Story
Next Story

एनभिडियामा जेन्सेन हुआङको पुन:बहाली

Ekantipur •
November 23, 2026 • 04:03 PM
2
2 reads 0 reactions

विवाहेत्तर सम्बन्धसँग जोडिएको विवाद र राष्ट्रिय सुरक्षासम्बन्धी प्रश्न उठेपछि एनभिडियाको प्रमुख कार्यकारी अधिकृत पदबाट नोभेम्बर १२ मा राजीनामा दिएका जेन्सेन हुआङलाई कम्पनीले पुन: बहाली गरेको छ ।

एनभिडियामा जेन्सेन हुआङको पुन:बहाली

विवाहेत्तर सम्बन्धसँग जोडिएको विवाद र राष्ट्रिय सुरक्षासम्बन्धी प्रश्न उठेपछि एनभिडियाको प्रमुख कार्यकारी अधिकृत पदबाट नोभेम्बर १२ मा राजीनामा दिएका जेन्सेन हुआङलाई कम्पनीले पुन: बहाली गरेको छ ।

काठमाडौँ — विवाहेतर सम्बन्धसँग जोडिएको विवाद र राष्ट्रिय सुरक्षासम्बन्धी प्रश्न उठेपछि एनभिडिया को प्रमुख कार्यकारी अधिकृत पदबाट नोभेम्बर १२ मा राजीनामा दिएका जेन्सेन हुआङ लाई कम्पनीले पुन: बहाली गरेको छ ।

सोमबार एनभिडियाको बोर्डले तत्काल लागू हुने गरी हुआङलाई सीईओ, अध्यक्ष र बोर्ड सदस्यमा पुन: बहाली गरेको घोषणा गरेको हो । बोर्डले यो निर्णय गर्दा अमेरिकी सरकारका ‘वरिष्ठ तह’ बाट सुझाव प्राप्त भएको जनाएको छ ।

सीएनएनका अनुसार हुआङको फिर्तीको खबरसँगै एनभिडियाको सेयर ३० प्रतिशतले बढेको छ । यसले समग्र अमेरिकी बजारमै सकारात्मक तरंग ल्याएको छ । नास्डाक सूचक ६.७ प्रतिशत, एस एन्ड पी ५०० ४.७ प्रतिशत र डो जोन्स २.५ प्रतिशतले वृद्धि भएका छन् ।

हुआङले विवाहेतर सम्बन्धसँग जोडिएको विवाद पछि राजीनामा दिएका थिए । तीमध्ये एउटा सम्बन्ध सिंगापुरस्थित मेगास्पिड कम्पनीकी कार्यकारी एलिस हुआङसँगको थियो । अमेरिकाबाट चीनमा सेमिकन्डक्टर पठाएको आरोपमा मेगास्पिडमाथि छानबिन भइरहेको छ । एलिसलाई चिनियाँ गुप्तचर निकायसँग जोडिएको आशंकासमेत गरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुआङको फिर्तीलाई स्वागत गर्दै ट्रुथ सोसलमा उनलाई ‘दोस्रो मौका’ मिल्नुपर्ने उल्लेख गरेका छन् । ट्रम्पका अनुसार अघिल्लो हप्ता एसियामा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा पनि हुआङबारे कुरा भएको थियो । सीले उनलाई ‘उत्कृष्ट व्यक्ति’ भनेका थिए । सीएनएनका अनुसार अर्थमन्त्री स्कट बेसेन्टले भने चिनियाँ पक्षसँगको छलफलमा हुआङको विषय नउठेको जनाएका छन् ।

हुआङ फर्किए पनि एनभिडियाको बोर्डले राष्ट्रिय सुरक्षा तथा विदेशी गुप्तचर प्रयाससम्बन्धी छानबिनलाई निष्कर्षमा पुर्‍याउने जनाएको छ । यसका लागि ‘राष्ट्रिय सुरक्षा र निर्यात नियन्त्रण समिति’ गठन गरेको जनाएको छ। डिसेम्बर १ मा हुआङले अमेरिकी प्रतिनिधि सभा र सिनेटमा बयान दिदै छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
जेन्सेन हुआङ एनभिडियाको प्रमुख कार्यकारी अधिकृतमा पुन: फर्किए

जेन्सेन हुआङ एनभिडियाको प्रमुख कार्यकारी अधिकृतमा पुन: फर्किए

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाको सञ्चालक समितिले जेन्सेन हुआङलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अध्यक्ष पदमा पुनः नियुक्त गरेको छ ।

#एनभिडिया #हुआङ #जेन्सेन
Compare →
Bizshala
5d ago
एनभिडियाले भन्यो– जेनसन हुआङलाई पुनः सीईओ बनाउने योजना छैन

एनभिडियाले भन्यो– जेनसन हुआङलाई पुनः सीईओ बनाउने योजना छैन

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले जेनसन हुआङलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने कुनै...

#एनभिडिया #हुआङ #पुन
Compare →
Nagarik News
5d ago
एनभिडियामा फर्किनेबारे पहिलोपटक बोले जेन्सेन हुआङ

एनभिडियामा फर्किनेबारे पहिलोपटक बोले जेन्सेन हुआङ

अमेरिकी प्रविधि कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले कम्पनीको नेतृत्वमा पुनः फर्किने विषयमा पहिलोपटक सार्वजनिक रूपमा मुख खोलेका छन्।

#एनभिडिया #हुआङ #जेन्सेन
Compare →
Onlinekhabar
5d ago
एनभिडियाले भन्यो- जेन्सनलाई पुनः सीईओको रूपमा नियुक्त गर्ने कुनै योजना छैन

एनभिडियाले भन्यो- जेन्सनलाई पुनः सीईओको रूपमा नियुक्त गर्ने कुनै योजना छैन

२ मंसिर, काठमाडौं । एनभिडियाले जेन्सेन हुआङलाई सीईओको रूपमा पुन: नियुक्त गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ । एक संदिग्ध चिनियाँ जासूससँगको सम्बन्ध सहितको कथित रिपोर्टहरू बाहिर आएपछि हुआङले राजीनामा दिएका थिए। मंगलबार कम्पनीका अध्यक्ष हार्वे …

#एनभिडिया #हुआङ #पुन
Compare →

Related Stories

World News
Build #2612