Trending
Prev Story
Next Story

रेडियन्ट र रातो बंगला बास्केटबल सेमिफाइनलमा

Ekantipur •
November 23, 2026 • 04:03 PM
3
3 reads 0 reactions

स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्ट पब्लिकले कश्यपलाई २२–९ स्कोरले पराजित गर्‍यो । रातो बंगलाले केभीएस स्युचाटारलाई १३–८ ले हरायो ।

रेडियन्ट र रातो बंगला बास्केटबल सेमिफाइनलमा

स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्ट पब्लिकले कश्यपलाई २२–९ स्कोरले पराजित गर्‍यो । रातो बंगलाले केभीएस स्युचाटारलाई १३–८ ले हरायो ।

काठमाडौँ — आयोजक रेडियन्ट पब्लिक र रातो बंगला १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सेमिफाइनल पुगेका छन् ।

स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्ट पब्लिकले कश्यपलाई २२–९ स्कोरले पराजित गर्‍यो । रेडियन्टका जेनिश लामिछानेले १० स्कोर जोडे । रातो बंगलाले केभीएस स्युचाटारलाई १३–८ ले हरायो । रातो बंगलाका शिभान्सले ४ स्कोर गरे । हारका बावजुद केभीएस पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा रातो बंगलाको भेट ह्वाइटफिल्डसँग हुने भने रेडियन्ट पब्लिकले केभीएस स्युचाटारविरुद्ध खेल्ने छ ।

सिनियर ब्वाइजमा ग्रिनफिल्डले न्यु जेनिथलाई २९–१५, एलआरआईले कश्यपलाई ३६–३५ र रेडियन्ट पब्लिकले राराहिललाई ४४–३५ ले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । ग्रिनफिल्डका मोहित ऐडीले १७, एलआरआईका सुजल मडईंले २० र रेडियन्ट पब्लिकका सुगम रानामगरले १३ स्कोर गरे ।

सिनियर ब्वाइजमै निसर्ग बाटिका, होली भिजन, पुष्पसदन, केभीएस, स्युचाटार, स्वर्णिम, राइजिङ स्टार, ज्ञानोदय, मोक्षदा, केभीएस, रानीवन र बालदीक्षा सदन प्रिक्वाटरफाइनलमा पुगे ।

सिनियर गर्ल्समा क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनल निसर्ग र एलआरआई, रिब्स र ज्ञानोदय, रेडियन्ट पब्लिक र एक्सेल्सियर तथा राराहिल र स्वर्णिमबीच हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
बास्केटबलमा रेडियन्टको ह्याट्रिक जित

बास्केटबलमा रेडियन्टको ह्याट्रिक जित

बास्केटबलमा रेडियन्टको ह्याट्रिक जित न्युटन र गण्डकीले २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा जित पाएका छन् । मंसिर ५, २०८३ कान्तिपुर संवाददाता आयोजक रेडियन्ट पब्लिकले...

#रेडियन्ट #बास्केटबल
Compare →
Nagarik News
3h ago
झापा महिला गोल्डकपः चन्द्रा र हेमाको ह्याट्रिकले त्रिभुवन आर्मी सेमिफाइनलमा

झापा महिला गोल्डकपः चन्द्रा र हेमाको ह्याट्रिकले त्रिभुवन आर्मी सेमिफाइनलमा

पाहुना टोली भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबविरुद्ध एपिएफकी रश्मिकुमारी घिसिङले दोहोरो ह्याट्रिक गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्‍याएकी छन् ।

#सेमिफाइनल
Compare →
Onlinekhabar
3d ago
१०औैं राष्ट्रिय खेलकुदः पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल जुम्लामा हुने

१०औैं राष्ट्रिय खेलकुदः पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल जुम्लामा हुने

७ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल जुम्लामा हुने भएको छ । १०औं राष्ट्रिय खेलकुद प्राविधिक उपसमितिले पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल जुम्लामा गर्ने निर्णय गरेको हो । यसअघि …

#सेमिफाइनल
Compare →

Related Stories

Sports
Build #2612